बससँग ठोक्किएर कोशीमा खस्यो ट्रक

विराटनगर । कोशी ब्यारेजको पुलमा शुक्रबार बिहान ट्रक र बस ठोक्किँदा ट्रक सप्तकोशी नदीमा खसेको छ । मे १ ख ३००७ नम्बर ट्रक र जाँदै गरेको मे १ ख १७६५ नम्बर बस ठोक्किएको प्रहरीले जनाएको छ ।

सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा ठोक्किँदा ट्रक सप्तकोशी नदीमा खसेको हो । यात्रुसहित झापाको काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरेको बससँग ट्रक ठोक्किएको थियो ।

पुलबाट खसेको ट्रकलाई सप्तकोशीले बगाएको छ । प्रहरीले ट्रकमा सवार तीनजनाको सकुशल उद्धार गरेको छ । उद्धार गरिएकामध्ये ट्रकका चालक २४ वर्षीय दिनेश खत्री सामान्य घाइते भएका छन् । अन्य दुई जनाको अवस्था सामान्य छ ।

प्रहरीका अनुसार बसका सवार यात्रु भने सकुशल छन् । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले नदीमा खसेको ट्रकको खोजी भइरहेको जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *