बाढीले पुल बगाएपछि

पाँचथर । बाढीले फिदिमको हेवाखोलास्थित पुल बगाएपछि बाँसको अस्थायी पुल र तुइनबाट यात्रुहरु आउजाउ गरिरहेका छन् ।

गत असार २ गते राति आएको बाढीले हेवाखोलाको पुल बगाएको हो ।

पुल बगेपछि वारिपारी गर्न यात्रुलाई समस्या भइरहेको अवस्थामा बाँसको अस्थायी पुल र तुइन बनाएर प्रयोग गरिएको छ ।

डाइभर्सन बनाउने अनि बेलिब्रिज हाल्ने भनिए पनि साता बितिसक्दा पनि यो काम हुन सकेको छैन ।

पाँचथर उद्योग वाणिज्य संघ, सुरक्षा निकाय र अरु स्थानीय संस्थाको पहलमा हेवाखोलामा तुइन बनाइएको हो ।

तुइन र अस्थायी पुलबाट खोला तरेपछि दुईतिर रहेका सवारी साधनबाट यात्रुहरु गन्तव्यतर्फ जाने गरेका छन् ।

राष्ट्रिय युवा संघलगायत संस्थाको सहयोगमा नेपाली सेनाले बाँसको अस्थायी पुल बनाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *