कीर्तिमानी आरोही कामीरिता २८औँ पटक पुगे सगरमाथा चुचुरो

काठमाडौं । विश्व कीर्तिमानी हिमाल आरोही कामीरिता शेर्पा २८औं पटक सगरमाथा चुचुरोमा पुगेका छन् ।
आज मंगलबार बिहान ९ बजेर २३ मिनेटमा उनी सगरमाथा शिखर पुगेका हुन् । उनले यसअघिको आफ्नै कीर्तिमान तोडेका छन् ।
वसन्त ऋतुको यस सिजनमा उनको यो दोस्रो सगरमाथा आरोहण भएको उनी आबद्ध कम्पनी सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ ।
यसअघि उनले साताअघि उनले सगरमाथाको २७औँ पटक आरोहण गरेका थिए ।
सबैभन्दा धेरैपटक सगरमाथा चढेको आफ्नो विश्व कीर्तिमानलाई कायमै राख्न उनले एकै सिजनमा दोस्रोपटक आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ।
सोलुखुम्बुको थामे निवासी कामीरिता सेभेन समिट ट्रेक्स प्रालिका सिनियर गाइड हुन् ।
२०२६ पुस १८ गतेजन्मिएका कामीरिताले २०५१ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए ।
उनले केटु, चोयु, ल्होत्से र मनास्लु हिमाल पनि सफल आरोहण गरिसकेका छन् ।