१६ वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथा आरोहण

काठमाडौं । १६ वर्षीया चिनियाँ युवती शुई चो युआन सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्न सफल भएकी छन् ।
उनले सोमवार बिहान ५ बजेर ४२ मिनेटमा दक्षिणी मोहडाबाट सगरमाथाको सफल आरोहण गरेकी हुन् ।
नेपाल बिग माउन्टेन ट्राभलले बुधवार पत्रकार सम्मेलन गरी चिनियाँ युवती शुई चो युआनले सगरमाथाको आरोहण गरेको जानकारी दिएको हो ।
नेपाल बिग माउन्टेन ट्राभलले उनको आरोहणका क्रममा समन्वय गरेको प्रबन्ध निर्देशक सुदर्शन नेपालले जानकारी दिए । उनी महिलामा अहिलेसम्म सम्भवतः सबैभन्दा कम उमेरको सगरमाथा आरोही रहेको अनुमान छ ।
शुई चो युआनले आफ्ना बुबा शुई चियाङ लेईले सन् २००७ मा सगरमाथाको उत्तरी मोहडाबाट आरोहण गरेको सुनाउँदै त्यहीँबाट आफूले आरोहण गर्ने प्रेरणा पाएको बताइन् ।
प्रतिक्रिया