आफ्नो धरा बाँझो भा’छ… (गजल)

के छैन याँ पानीमा नि आहा ! सुनै फल्दो रैछ
आँटीहरू सामुन्ने त ढुङ्गो बरा गल्दो रैछ ।

ज्यामी हुँदा टाढा दूर माटो पराईको हाँस्छ
आफ्नो धरा बाँझो भा’छ आगो बनी जल्दो रैछ ।

सन्तानले गोडा अन्तै मोल्छ यता आमा दिक्क
माटो बिर्से आफैले नि आफ्नैपना छल्दो रैछ ।

भावी जुनी रित्तै हुन्छ को हो म खै जातै रन्न
उच्चो भ’को पुर्खादेखि अग्लो शिरै ढल्दो रैछ ।

आँटो, पिठो मीठो आफ्नु मोतीहिरा खाने हैन
उज्यालिने आमा, देश बत्ती यहीँ बल्दो रैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *