सांसदहरूले भने, ‘नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर’

काठमाडौं । प्रतिनिधि सभाका सदस्यहरुले नक्कली भुटानी शरणार्थी प्रकरण गम्भीर रुपमा छानबिन गरी त्यसमा संलग्न सबैलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिसधसभा बैठकको शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सो प्रकरणमा संलग्न सांसदहरु सदनमा बोलिरहेको उल्लेख गर्दै उनीहरुलाई किन पक्राउ नगरिएको भनेर प्रश्न गरे ।

उनले पक्राउ पूर्जी जारी गरिएका, सो प्रकरणमा आशंका गरिएकाहरुमाथि छिटोभन्दा छिटो छानबिन गरी कारबाहीको प्रक्रियामा ल्याउन सरकारलाई सचेत गराए ।

उनले भने, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशमा पठाउने र त्यसबापत करोडौं असुल गर्ने, भ्रष्टाचार गर्ने काम जघन्य अपराध हो । यो भ्रष्टाचारजन्य जघन्य अपराध मात्रै नभएर यो राष्ट्रघात हो । देशद्रोही काम हो । त्यसकारणले यस्तो काममा संलग्नहरुलाई छिटोभन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनु पर्दछ ।’

सत्तारुढ नेपाली काँग्रेसका सांसद तेजुलाल चौंधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहलाई बचाउन लागि चलखेल भइरहेको दाबी गरे । उनले यो प्रकरणको निष्पक्ष छानविन गरी सबै दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *