एकै महिना आए ९८ हजारभन्दा बढी पर्यटक

काठमाडौं । सन् २०२३ को अप्रिल महिनामा ९८ हजार ७७३ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । कोरोना महामारी सुरु भएयता पर्यटक आगमन प्रभावित बन्दै आएकामा पछिल्ला महिना यसमा सुधार भएको छ ।
भारत, अमेरिका, चीन, बेलायतलगायत मुलुकबाट पर्यटकहरु नेपाल घुम्न आएका हुन् ।
नेपाल पर्यटन बोर्डका अनुसार २०२२ को अप्रिलमा ६१ हजार ५०० पर्यटक नेपाल आएका थिए ।
त्यसअघि २०१९ को अप्रिलमा एक लाख नौ हजार जना पर्यटक नेपाल आएको बोर्डको तथ्यांक छ ।
यो वर्षको अप्रिलमा नेपाल आउनेमध्ये सबैभन्दा धेरै भारतबाट ३१ हजार ४०० जना आएका छन् ।
अमेरिकाबाट आठ हजार ४००, बेलायतबाट पाँच हजार ४०० र चीनबाट चार हजार ७०० जना पर्यटक नेपाल आएका छन् ।
यसैगरी चीनबाट मार्च महिनामा २ हजार ६०० जना पर्यटक नेपाल आएका थिए । अप्रिलमा चीनबाट ४ हजार ७०० जना नेपाल भ्रमणमा आएको तथ्यांक छ ।
२०२३ को जनवरीयता तीन लाख २६ हजारभन्दा धेरै पर्यटक नेपाल भ्रमणमा आएको बोर्डले जनाएको छ ।
जनवरीमा ५५ हजार, फेब्रुअरीमा ७३ हजार २००, मार्चमा ९९ हजार ४०० र अप्रिलमा ९८ हजार ७०० सय जना पर्यटक नेपाल आएका थिए ।
पछिल्ला महिना पर्यटक आगमनको अवस्थामा सुधार हुँदै आएको बोर्डले जनाएको छ ।
-तस्बिरः पिक्स्वे