चैती छठ पर्वको रमझम (तस्बिरहरू)

तराईका जिल्लामा ‘चैती छठ’ पर्व मनाइँदैछ । चैत शुक्ल चतुर्दशीका दिनदेखि सुरु भई सप्तमीसम्म हुने चैती छठ पर्व सूर्यको आराधना गरी मनाइन्छ ।
यस क्रममा सोमबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजाअर्चना गरिएको छ ।
यो पर्वका अवसरमा काठमाडौं उपत्यका र अन्यत्र रहेका तराईबासी तथा भारतमा पनि पूजाआराधना गर्ने गरेका छन् ।
श्रद्धा र निष्ठाका साथ व्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्व मनाइन्छ । चैत महिनामा मनाइने भएकाले यसलाई ‘चैती छठ’ भनिन्छ ।
प्रतिक्रिया