गुरुकुलमा ‘साँढे’ र ‘राजा’ को नाच (फोटो फिचर)

विराटनगर । हाटखोलास्थित सुशीला कोइराला नाटक घरमा गत सोमबारदेखि ‘साँढे’ नाटक मञ्चन भइरहेको छ ।

फागुन १९ गतेसम्म दैनिक साँझ ५ः३० बजे नाटक मञ्चन गरिंदैछ । प्रसिद्ध साहित्यकार भीमनिधि तिवारीद्वारा लिखित उक्त नाटकको निर्देशन अशोक गौतमले गरेका हुन् ।

कक्षा १२ को अनिवार्य अंग्रेजीको विषयसूचीमा समावेश उक्त नाटकमा गुरुकुलका कलाकारहरुले अभिनय गरेका छन् ।

कलाकारहरु भरत कार्की, विकास पराजुली, देवेन्द्र यादव, प्रज्वल दुलाल, सागर विश्वास, समिक्षा दाहाल, रविन चिमरिया, प्रदिप दाहाल, अजय सुवेदीको अभिनय नाटकमा देख्न पाइन्छ ।

यस्तै दीक्षा चौधरी, अमन धमला, सुगल अधिकारी, कञ्चन दास, निरज कार्कीले पनि नाटक भूमिका निर्वाह गरेका छन् ।

क्रूर शासक र सोझा जनताबीचको तनाव र संघर्षको कथा नाटकमा छ । नाटकमा राजाको प्रिय साँढे मर्दा प्रजामा फैलिएको त्रास र बाँच्न लगाएको जुक्तिको कथा छ । २ सय वर्षअघिको हाम्रो समाजको मनोविज्ञान बोल्दै गर्दा उक्त नाटकले विद्रोहको झल्को पनि दिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *