उखुबारीदेखि चियाको कपसम्म (फोटो फिचर)

चिनी गुलियो पदार्थ भएकाले धेरै खाद्यवस्तुमा प्रयोग गरिन्छ । मुख्य रुपमा चियामा हालेर खाइन्छ ।

कतिपयले चिनी नहाली पनि खान्छन् तर चियाका पारखीमध्ये चिनी हालेर बनाइएको चिया नै बढी प्रचलित छ ।

चिनी उखुबाट बन्ने ससाना सेतो दानाको गुलियो खाद्य पदार्थ हो । उखु सख्कर, मिस्री र चिनी बनाइने कच्चापदार्थ पनि हो । यसको रस निकालेर ती बस्तु बनाइन्छ ।

मोरङ, सुनसरीलगायत तराईका जिल्लामा प्रशस्त उखु खेती हुने गरेको छ ।

चिनी बन्नुअघि प्रशोधन प्रक्रिया हुन्छ । खेतबारीमा किसानले गर्ने उत्पादनदेखि ढुवानी, प्रशोधन, गुणस्तर जाँच, ग्रेडिङ, प्याकेजिङ अनि बजारीकरणसम्म आइपुग्दा यसले लामो प्रक्रिया पार गरेको हुन्छ ।

किसानले उत्पादन गरेको उखु चिनी कारखानासम्म ढुवानी हुन्छ । त्यसपछि उखुलाई पेलेर रस निकालिन्छ ।

त्यसलाई विभिन्न चरणमा प्रशोधन गरिन्छ । चिनी बन्ने भाग एकातिर अनि खेर जाने बस्तु अर्कातिर निकास हुन्छ ।

यसबीच गुणस्तर परीक्षणलगायतको प्राविधिक काम हुन्छ । अन्त्यमा हामीले चिया र अरु चिजमा प्रयोग गर्ने स्वरुपको चिनी बन्छ ।

उखुबाट चिनी बन्ने प्रक्रियाबारे यो तस्बिर शृङ्खला प्रस्तुत गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *