क्यानाडा जान इच्छुक हुनुहुन्छ ? नेपाली विज्ञको कुरा सुनौं

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरुको रोजाइमा अचेल क्यानाडा पनि प्रमुख मुलुक बनेको छ । अमेरिका, अष्ट्रेलिया, बेलायत, चीनजस्ता मुलुकमा पनि नेपाली विद्यार्थी अध्ययन लागि जाने गरेका छन् ।

पछिल्लो समय संसारका धेरै देशबाट क्यानाडा जान चाहनेहरुको संख्या उल्लेख्य छ । उच्च शिक्षा अध्ययनका साथै अवसरको खोजीमा धेरैको गन्तव्य क्यानाडा बनेको छ ।

क्यानाडा वा अरु कुनै पनि मुलुकमा गएर गुणस्तरीय शिक्षा हासिल गर्न चाहनु स्वाभाविक हो । तर सम्बन्धित देशको अवस्था, शैक्षिक कार्यक्रम, जाँदा अपनाउनुपर्ने सावधानी जस्ता कुराहरु बेलैमा थाहा भए सजिलो हुन्छ ।

सम्बन्धित देशको प्रक्रियालगायत पक्ष जानकारी नहुँदा धेरैले दुःख पाएका छन् । कतिपय ठगिने पनि गरेका छन् ।

क्यानाडामा स्टडी पर्मिट, वर्क पर्मिट र स्थायी बसोबासका लागि जानेहरुले के कसो गर्नुपर्छ भन्नेबारे त्यहाँबाट सञ्चालित ‘नेपालटच’ नेपालटचले जानकारसँगको कुराकानी तयार पारेको छ ।

क्यानाडाको वर्क पर्मिट र स्थायी बसोबास प्रक्रियाबारे नेपालीमाझ फैलिएका अफवाह चिर्न यो कुराकानी उपयोगी हुने सक्छ ।

दुई दशकभन्दा अघिदेखि क्यानाडा बस्दै आएका मुगा राजभण्डारी त्यहाँको टोरन्टोमा रजिष्टर्ड इमिग्रेशन कन्सल्ट्यान्ट छन्।

सन् २०१५ देखि उनले साथीहरुसँग मिलेर उनले MDSVISA Immigration Services Canada नामको कन्सल्टेन्सी चलाइरहेका छन्।

क्यानाडा ल्याउने र आउने नाममा हुने गरेका ठगी तथा फैलिने गरेका भ्रम निवारणका लागि पनि यो सामग्री महत्वपूर्ण हुने ठानेर यहाँ प्रस्तुत गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *