बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस् (फोटो फिचर)

पोखरा पयर्टकीय र पवर्तारोहीको ‘स्वर्णीमस्थल’ का रुपमा सुपरिचित छ । बाह्य तथा आन्तरिक पर्यटकको घुइँचो रहने पोखराबाट देखिने हिमशृङ्खलाले जोकोहीको मन लोभ्याउने गर्छ ।

पर्यटकीय सिजन सुरु भएसँगै पोखराबाट आसपासका क्षेत्र घान्द्रुक, पुनहिल, मर्दी हिमाल बेस क्याम्प र अन्नपूर्ण माउन्टेन रेञ्जको दृश्यावलोकनका लागि बिहानबाटै पयर्टक ट्रेकिङमा पुग्ने गरेका छन् । हिमालको काखमा बिहानी चियाको चुस्कीसँगै पर्यटक प्रकृतिको आनन्द लिन गरेका छन् ।

अन्नपूर्ण रेञ्ज अन्र्तगत उत्तरतर्फ ७ हजार ६१ मिटर उचाइको निलगिरी, ७ हजार १ सय ३४ मिटरको तिलिचो, ८ हजार ९१ मिटर उचाईको अन्नपूर्ण वान, ७ हजार ९ सय ३७ मिटरको अन्नपूर्ण टु, ७ हजार ५ सय ५५ मिटरको अन्नपूर्ण थ्री, ७ हजार ४ सय ५५ मिटर उचाइको गंगापूर्ण, ६ हजार ९ सय ९७ मिटर उचाईको माछापुच्छ्रे, मर्दी हिमाल लगायतका हिमशृङ्खला छन् ।

पोखरा हुँदै मर्दी हिमाल ट्रेक, एबीसी ट्रेकका लागि पर्यटकका आवागमन सुरु भइसकेको छ ।

पोखरास्थित स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, पोखराका प्रमुख इञ्जिनियर कुमार थापाद्वारा अन्नपूर्ण माउन्टेन रेञ्जको मोबाइलमा कैद गरिएको तस्विरहरु प्रस्तुत गरिएको छ । फोटो फिचरको मुख्य फोटो पोखराका दिपेन्द्र अधिकारीले खिचेका हुन् ।

कामका सिलसिलामा कास्कीका विभिन्न पहाडी क्षेत्र पुग्दा थापाले कैद गरेका माछापुच्छ्रेदेखि अन्य हिमशृङ्लाका आकर्षक तस्बिरहरु यहाँ समेटिएका छन् ।

पहिले देश अनि विदेश भन्ने कुरामा विश्वास राख्दै आएका थापा आन्तरिक पर्यटन प्रवर्द्धनलाई विस्तार गर्दै अघि बढ्न सके कोभिड-१९ ले थलिएको पयर्टकीय क्षेत्रलाई बलियो बनाउन सकिनेमा जोड दिन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *