आन्तरिक पर्यटकको रोजाइ: इलाम

इलाम भन्नेबित्तिकै हरियाली, प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान दिमागमा आउँछ । कृषिमा अग्रणी इलाम आकर्षक पर्यटकीय स्थलहरुले भरिएको छ ।

सन्दकपुर, श्रीअन्तु, कन्यामजस्ता पर्यटकीय स्थलले धेरै आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

यहाँका माइपोखरी, गजुरमुखी, माइस्थान, सिंहबाहिनी, सेतीदेवी जस्ता धार्मिक गन्तव्यहरु पनि उत्तिकै चर्चित छन् ।

स्थानीय तहहरूले अचेल आफ्नो क्षेत्रमा पर्ने पर्यटकीय महत्वका स्थानहरुमा पूर्वाधार निर्माण गर्ने साथै आगन्तुकहरुको सुविधाका लागि आवश्यक संरचना बनाउने कामलाई पनि प्राथमिकता दिन थालेका छन् ।

सूर्योदय अवलोकन गर्न आकर्षक गन्तव्यका रुपमा चर्चित श्रीअन्तु क्षेत्रमा पर्यटकका लागि घरबास (होमस्टे) सञ्चालन गरिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *