घट्यो ब्याजदर, कसले कति घटाए ?

काठमाडौं । बैंकहरुले आज बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले बचतको ब्याजदर शून्य दशमलव ४ प्रतिशत र कर्जाको प्रिमियमदर एक प्रतिशतले घटाउने निर्णय गरेको थियो ।

अहिले बचतको ब्याजदर ६ दशमलव ४ देखि ८ दशमलव ४ प्रतिशतसम्म छ । यसलाई न्यूनतम ६ र अधिकतम ८ प्रतिशत कायम गरिने भएको छ ।

बचतको ब्याज घटेपछि बैंकको आधारदर कम हुन्छ । यसले गर्दा लागत घटेर कर्जाको ब्याजदर पनि घट्छ । मुद्दती निक्षेपको ब्याज भने घटाइएको छैन ।

वाणिज्य बैंकले साधारण बचतको ब्याजदर शून्य दशमलव ४२ प्रतिशतले घटाएका छन् ।

चैतमा वाणिज्य बैंकहरुले साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतममा ८ प्रतिशतसम्म ब्याज उपलब्ध गराउने छन् ।

फागुनमा ६ दशमलव ४२ प्रतिशतदेखि ८ दशमलव ४२ प्रतिशतसम्म थियो । यस्तै विकास बैंकहरुले बचतको ब्याजदर शून्य दशलव १५ प्रतिशतले घटाएका छन् ।

विकास बैंकले १ वर्ष वा त्योभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ दशमलव ६० प्रतिशत र १ वर्षभन्दा मुनिको मुद्दती निक्षेपको ब्याजदर ११ दशमलव ५० प्रतिशत कायम गरेका छन् ।

फागुनमा विकास बैंकहरुले १ वर्ष वा त्योभन्दा माथि र कम अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा ११ दशमलव ७५ प्रतिशत ब्याजदर दिँदै आएका थिए ।

विकास बैंकहरुले चैतमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ९ दशमलव ५० र रेमिट्यान्समा १२ दशमलव ५० प्रतिशत ब्याजदर कायम गरेका छन् ।

फागुनमा संस्थागतर्फ ९ दशमलव ७५ र रेमिट्यान्समा १२ दशमलव ७५ प्रतिशत ब्याजदर कायम गरेका थिए ।

फाइनान्स कम्पनीहरुले १ वर्ष वा त्योभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर शून्य दशमलव २० प्रतिशतले र १ वर्षभन्दा मुनिको मुद्दति निक्षेपको ब्याजदर शून्य दशमलव १५ प्रतिशतले घटाएका छन् ।

बैंकहरुको ब्याजदर चर्को भएको भन्दै आलोचना हुँदै आएको थियो ।

यसको विरुद्ध उद्योगी व्यवसायीहरुले आन्दोलन समेत गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *