काठमाडौंमा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी थालेको छ ।
यसका लागि विवरण संकलन सुरु गरिएको छ । यसअघि राष्ट्रिय सभागृहबाट यस्तो विवरण संकलन हुँदै आएको थियो ।
राष्ट्रिय परिचयपत्रका लागि नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति, नागरिकताको प्रमाण पत्रमा जन्म मिति नखुलेको भए शैक्षिक योग्यताका प्रमाण पत्र, राहदानी वा यस्तै खालका मिति खुल्ने आधिकारिक प्रमाण आवश्यक हुने जनाइएको छ ।
नागरिकताको प्रमाणपत्रमा उल्लेखित भन्दा फरक स्थायी ठेगाना भएमा बसाइँ सराइ दर्ताको प्रमाणपत्र सक्कल प्रति लैजानुपर्ने जनाइएको छ ।
विवाहितको हकमा नागरिकताको प्रमाणपत्रमा पति वा पत्नीको नाम उल्लेख नभएमा वा फरक परेमा विवाह दर्ताको प्रमाण पत्रको सक्कल प्रति आवश्यक पर्छ ।
प्रतिक्रिया