प्रिन्स र रसिला क्वार्टरफाइनलमा

विराटनगर । नेपाल पुलिसका प्रिन्स दाहाल र आर्मीकी रसिला महर्जन बिराटनगरमा जारी ‘लिनिङ्ग १२औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता–२०२३’ को क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनमा भएको प्रतियोगितामा शीर्ष १६ बरियता तर्फको पुरुष एकल लिगको समूह ‘बी’ को खेलमा प्रिन्सले नेपाल पुलिसका जीवन आचार्यलाई २१–९, २१–१४ ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेका हुन् ।

प्रिन्सले आफ्नो समूहको तीनै खेलमा जित हात पार्दै क्वार्टरफाइनल प्रवेश गरेका हुन् । सोही समूहबाट उपबिजेताको रुपमा कास्कीका विधान अधिकारी पनि क्वार्टरफाइनल पुगे । बिधानले एक जित र एक वाकओभर प्राप्त गर्दै दुई जितका साथ क्वार्टरफाइनल पुगेका हुन् । आजको खेलमा अधिकारीले पुलिका पूर्णबहादुर थापाबाट वाक ओभर प्राप्त गरेका थिए ।

पुरुषको समूह ‘ए’ बाट नेपाल पुलिसका बिष्णु कटुवाल बिजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरे । उनले दुई खेलमा जित र एक वाकओभरका साथ तीन खेल जित्दै क्वार्टरफाइनल प्रवेश गरेका हुन् । आज सम्पन्न खेलमा कटुवालले आर्मीका रुकेश महर्जनलाई १९–२१, २१–१६, २१–५ ले पराजित गरे । यस्तै यस समूहबाट रुकेश महर्जनले पनि उपबिजेताको रुपमा क्वार्टरफाइनलमा स्थान बनाए । रुकेशले एक जित र एक वाकओभर प्राप्त गरेका थिए ।

समूह ‘सी’ बाट एपिएफका क्षितिज खनाल विजेता र देवराज राना उपबिजेता बन्दै क्वार्टरफाइनलमा स्थान पक्का गर्न सफल भए । क्षितिजले आफ्नो तीनै खेलमा जित निकाल्दै क्वार्टरफाइनल प्रवेश गरेका हुन् ।

आज सम्पन्न खेलमा क्षितिजले देवराज रानालाई २१–१५, १८–२१, २१–१८ पराजित गरे । देवराजले अघिल्लो दुई खेलमा जित निकाल्दै उपबिजेता बनेका हुन् । यस समूहको अर्को खेलमा एपिएफका बिजीत थापा मगरले पुलिसका दीपक बोहरालाई पराजित गरे । अर्थहिन खेलमा मगरले बोहरालाई २१–१५, २१–१६ ले पराजित गरेका थिए ।

समूह ‘डी’ तर्फ आर्मीका प्रफुल महर्जन बिजेता र नेपाल पुलिसका सुनिल जोशीले उपबिजेताको रुपमा क्वार्टरफाइनलमा स्थान बनाए । प्रफुलले तीन खेलमा तीनै खेलमा जित हात पारे । आज सम्पन्न खेलमा महर्जनले जोशीलाई २१–६, २१–१३ ले पराजित गरे ।

सुनिलले तीनमा दुई खेललाई आफ्नो पक्षमा पार्दै क्वार्टरफाइनल यात्रा तय गरेका हुन् । यस समूहको अर्को खेलमा क्वार्टरफाइनलको प्रतिस्पर्धाबाट बाहिरी सकेका आर्मीका नरेन्द्र बम र अनिल मल्लविचको खेलमा बमले जित हात पारे । बमले मल्लमाथि १६–२१, २१–१९, २१–१५ ले पराजित गरे ।

अब क्वार्टरफाइनलमा पुलिसका बिष्णुले एपिएफका देवराजसँग, आर्मीका प्रफुलले कास्कीका बिधानसँग, आर्मीका रुकेशले एपिएफका क्षितीजसँग, पुलिसका सुनिलले पुलिसकै प्रिन्ससँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ शीर्ष १२ बरियताको एकल खेलमा समूह ‘ए’ बाट आर्मीकी रसिला महर्जन बिजेता र पुलिसकी निता लम्साल उपबिजेता, समूह ‘बी’ बाट आर्मीकी अमिता गिरी बिजेता र एपिएफकी शोभा गौचन उपविजेता, समूह ‘सी’ बाट आर्मीकी अनुमाया राई बिजेता र एपिएफकी सुनयना मुखिया उपबिजेता, समूह ‘डी’ बाट एपिएफकी जेशिका गुरुङ्ग बिजेता र आर्मीकी प्राथना देउवा उपबिजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

आर्मीकी रसिलाले पुलिसकी नितालाई २१–१४, २३–२१, आर्मीकी अमिता गिरीले एपिएफकी शोभा गौचनलाई १३–२१, २१–१५, २१–१५, आर्मीकै अनुमायाले एपिएफकी सुनयना मुखियालाई २१–१९, २१–७ र एपिएफकी जेशिका गुरुङ्गले आर्मीकी प्राथना देउवालाई २१–१०, २२–२० ले पराजित गरे ।

अब क्वार्टरफाइनलमा रशिलाले सुनयना, जेशिकाले शोभा गौचन, निताले अनुमाया र अमिता गिरीले प्राथना देउवासंग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *