दवावमा रहेको अर्जेन्टिनालाई हराउने दाउमा क्रोयसिया

 

काठमाडौं , ७ असार । विश्वकप २०१८ अन्तर्गत बिहिबार हुने तेश्रो खेलमा अर्जेन्टिना र क्रोयसिया खेल्दैछन् । नेपाली समय अनुसार राती ११ः४५ मा शुरु हुने समुह ‘डी’ को यो खेल रसियाको निझ्नी नोभ्गोरद शहरमा हुँदैछ ।

क्रोयसियाले पहिलो खेलमा नाइजेरियालाई २–० गोल अन्तरले पराजित गरेको कारण पनि अर्जेन्टिनाको तुलनामा कम दबाबमा यो खेल खेल्दैछ । पहिलो खेलमा तुलनात्कम रुपमा कमजोर आइसल्याण्डसँग बराबरी खेलेर आलोचित अर्जेन्टिनालाई यो खेलमा थप दबाब हुने पक्का छ । यो खेलमा हारेमा अर्जेन्टिनाको अर्को चरणमा पुग्ने सपनालाई ठुलो धक्का पर्नेछ ।

यो समुहमा अर्जेन्टिनाले सबैभन्दा बलियो प्रतिस्पर्धीसँगको खेलमा ठुलै चुनौती पार गर्नुपर्नेछ । स्टार खेलाडि लियोनल मेसी गोल गर्न असक्षम मात्र होइन पेनाल्टीमा पनि चुकेको कारण अर्जेन्टिना यो विश्वकपमा फितलो देखिएको छ । तथापी विश्वकप छनौट हुने क्रममा प्लेअफको कठिन बाटोमा पूर्ण तनावमा खेलेर विश्वकपमा स्थान बनाएको ताजा अनुभव अर्जेन्टिनालाई यो खेलमा काम लाग्ने पक्का छ ।

सन् १९९८ को विश्वकपको सेमिफाइनल सम्म यात्राको गरेको क्रोयसियाले सफलताको सोही उचाइ पाउन पनि आजको खेल जित्नु हितकारी छ । तथा १९९८ यता समुह चरण पार गर्न नसकेको कालो इतिहास मेटाउने क्रोयसियालाई सुनौलो अवसर आएको छ ।

अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओलीको लागि आफ्नो टोलीलाई विश्वकपमा अघि बढाउनको लागि पनि यो खेलमा जित्नु अत्यावश्यक छ । यो खेलमा बराबरी मात्र भएमा नाइजेरियासँग अन्तिम खेल अझै तनाबमा खेल्नु पर्ने तथ्यबाट सचेत प्रशिक्षकले आजको खेलमा फरक रणनिती तथा खेलाडिहरुमा परिवर्तन साथ मैदानमा आउने जानकारी दिइएको छ । मेसीलाई मात्र अतिरिक्त भार थपिने अर्जेन्टिनाको अग्रपंक्तीले आज पनि सोही नियती दोहो¥याएमा ठुलो गल्ती हुनेछ ।

अर्कोतर्फ नाइजेरियासँग अलिक आक्रामक खेलेको क्रोयसियाले आजको खेलमा रक्षात्मक निती लिने सम्भावना देखिएको छ । आइसल्याण्डले अर्जेन्टिनालाई आच्छु आच्छु पारेको तथ्यबाट जानकार क्रोयसियाले केहि हद सम्म रक्षात्मक खेल्दै अर्जेन्टिनाको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै खेल्ने रणनिती बनाउने सम्भावना छ ।

अघिल्लो विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिनाको यो विश्वकप यात्रा कता सम्म पुग्ने भन्ने कुराको निक्र्योल पनि आजको खेलबाट हुनेछ ।

 

६ क्लबमा राष्ट्रिय खेलाडि, विमलले थ्रिस्टार र च्यासल मध्ये एक छान्ने

काठमाडौँ, ८ असोज । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका मुख्य खेलाडीले ६ क्लबबाट प्रतिस्पर्धा गर्ने भएका

नेपालले बङ्गबन्धु कप खेल्ने पक्का, पहिलो खेल ताजाकिस्तानसँग

काठमाडौँ, ८ असोज । यही असोज १५ देखि २६ गतेसम्म बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल ताजाकिस्तानसँग खेल्ने भएको छ

 म्यान्माले फिलिपिन्सलाई हराउँदै उपाधि जित्यो

काठमाडौं । एएफसी सोह्र वर्षमुनि (यू–१६) महिला च्याम्पियनसिपअन्तर्गत समूह ‘ई’ को उपाधि म्यान्माले हात पारेको छ ।  हल्चोकस्थित सशस्त्र प्रहरी

बैतडीमा घरेलु क्रिकेट कार्तिक ८ देखि

बैतडी, ७ असोज । नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा आगामी कात्तिक दोस्रो सातादेखि बैतडीमा निङ्गलाशैनी प्रिमियर लिग (एनपीएल)