सारंगी रेटेरै बिताए दिलबहादुरले जीवनका चारदशक 

 ‘आयो गयो फेरियो व्यवस्था ! आफ्नो भने उस्तै छ अवस्था !! 
  कल्ले के गर्छ ?
पाएसी सबैले आफ्नै पेट भर्छ !!'

गुल्मीको वडागाउँ घर बताउने ५७ वर्षीय दिलबहादुर गन्धर्वले सारंगी रेट्दै यो गीत गाउँदा म्याग्दीको मंगला गाउँपालिका–४ बरङ्जामा धेरैका आँखा रसाए । 

२०३५ सालमा १७ वर्षको उमेरदेखि सारंगी भिरेर विभिन्न जिल्लाका गाउँगाउँमा गीत गाउँदै निस्केका गन्धर्वका तीन छोरी, एक छोरा र एक श्रीमती छन् । परिवारको हातमुख जोड्नका लागि सारंगी रेट्दै म्याग्दी आइपुगेका गन्धर्वले गीतमार्फत आफ्नो दुःखेसो पोख्दै सहयोगका लागि हात जोडेको देखेर वरङ्जाकी सुमित्रा सापकोटाले रु १०० र तीन माना चामल दिँदा गन्धर्वको अनुहार खुशीले भरियो । 

कुनै दिन बम्बई, गोरखपुर र कलकत्ताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारी मारेको अनि फक्ल्याण्डको टापुमा लड्दालड्दै वीरगति प्राप्त गरेका खबरको बाहक बनेर गाउँघरमा सारंगी रेट्ने गाईने दाइ हिजोआज देखिन छाडेका छन् । 

देश विदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मंगला, बारामास, सन्देश, धनसीरा, मल्लार, सरुमैरानी, कला खलेनी, असारेलगायतका भाखामा खबर दिँदै घुम्ने गाईने दाइ ९गन्धर्व० लोप हुँदैछन् । सारंगीको धुनमा घटनाक्रमलाई सिलसिलेवार कलात्मक ढंगबाट प्रस्तुत गरिरहँदा चौफेरामा बस्नेको आँखा रसाउँथे । गीत संगीतको माध्यमबाट सूचना र समाचार बाँड्दै जनतालाई सुसूचित बनाउने गाईने दाइका सारंगी हिजोआज गाउँघरमा गुञ्जन छोडेका छन् । 

सूचना र सञ्चारको पहँुचसँगै ग्रामीण क्षेत्रमा समेत पाश्चात्य गीतसंगीतको प्रभाव बढ्दै गइरहेका बेला कहिलेकाहीँ गाउँघरमा डुल्दै आउने र सारँगी रेटेर वीरहका भाका गाउने गन्धर्व हिजोआज विकास निर्माण, जनप्रतिनिधिप्रतिको निराशा र सामाजिक बेथितिका गीत समेत गाउन थालेका छन् । 

बदलिँदो समयसँगै नयाँ पुस्ता पाश्चात्य गीतसंगीतमा झुम्न थालेपछि हो वा पुख्र्यौली पेशाबाट गुजारा नचल्ने अवस्था देखेर हो आजभोलि गाउँघरमा गाइने दाइको नामले चिनिने गन्धर्व क्रमशः घट्दै गइरहेका छन् । गाउँघरका वीरह र बेदनाका भाका गाउने गन्धर्वले बदलिँदो समयसँगै आफ्नो गीतको स्वरुपलाई पनि परिवर्तन गरेका छन् । 

धेरै समयपछि बेनपा–२, बगरफाँट र मंगला–४ वरङजामा भेटिएका दिलबहादुर गन्धर्वले पनि अरु कुनै सीप नभएकाले पुख्र्यौली पेशालाई अपनाउनु आफ्नो बाध्यता भएको दुखेसो पोख्दै सारंगीको धुनमा जनतामा ब्याप्त निराशा र जनप्रतिनिधिप्रतिको अपेक्षाका बारेमा ¥याँइ¥याँइ सारंगी रेट्दै तीतो यथार्थ व्यक्त गरे। 

गुल्मीदेखि बागलुङ हुँदै म्याग्दीको वरङ्जा आइपुगेका गन्धर्वले गीतमा संविधान निर्माणका कुरादेखि लिएर गणतान्त्रिक नेपालको अस्तव्यस्तता, तीनवटै तहको निर्वाचन र त्यसपछिको समसामयिक अवस्थालाई सरल शब्दमा जनताले बुझ्ने गरी व्यक्त गरेका थिए। 

सूचना र सञ्चारको पुरानो माध्यम गन्धर्वको पेशा अहिले एकाएक विस्थापित भएको छ । सूचना र सञ्चार प्रविधि रेडियो, पत्रपत्रिका, टेलिभिजन, फोन, मोबाइलजस्ता अत्याधुनिक सूचना प्रविधिको विकासले गन्धर्वको पेशालाई विस्थापित बनाएको हो । त्यसैले त गाउँ घरमा गाइने खबरमूलक मर्मस्पर्शी हृदयविदारक गीत गुञ्जन छाडेका छन् । 

गाउँगाउँमा खबर सुनाउँदै हिँड्ने गाइने दाइको अभाव खड्किरहेका बेला पुर्खौली जातीय पेशालाई निरन्तरता दिँदै जीवनयापन गरेका छन्, केही गन्धर्वले । गुल्मी जिल्लाको गडगाउँ गाविस–५ घर भई ९हाल बागलुङ नगरपालिका–२ बस्ने० टोपबहादुर गन्धर्वले परम्परागत जातीय पेशाबाट आफ्नो चारजनाको परिवारको गर्जो टार्ने गरेका छन् । 

काँधमा निलो जेब्रा झोला, शिरमा ढाकाटोपी, गलामा सारंगी भिरेर बागलुङ, पर्वत र म्याग्दीका विभिन्न भागमा घुम्ने टोपबहादुरले दैनिक रु ५÷७ सय आम्दानी हुने बताउँछन्। 

सूचना र मनोरञ्जनका श्रव्य, दृष्य सामग्रीको सुलभ उपलब्धताले सारंगीको महत्व ह्वात्तै घटेको छ टोपबहादुरले भने– “सञ्चार प्रविधिमा भएको विकासले हाम्रो पेशा संकटमा प¥यो । सञ्चारमाध्यमले सारंगीको महत्वलाई उचित स्थान नदिए सारंगी नै लोप हुनेछ ।” “कला संस्कृतिको धनी देशमा मौलिक संस्कृति लोप हुनु राम्रो होइन”– गन्धर्वले भने– “यसको संरक्षण र सम्वद्र्धनमा सबैले ध्यान दिनुपर्छ ।” 

नेपाली संस्कृतिको महत्व र वीरताको गाथा बोकेको सारंगीलाई आधुनिकीकरण गरी व्यवसायीकरण गर्नुपर्ने आवश्यकता देखिएको छ । सांगीतिक कक्षाको पाठ्यक्रममा सारंगी बाजालाई समावेश गरे सारंगीले जीवन्तता पाउने बुद्धिजीवीको भनाइ रहेको छ । युवा वर्गमा जातीय पेशाप्रति हीनताबोध र वैदेशिक रोजगारको प्रतिस्पर्धाले गन्धर्व पेशा संकटमा पर्दै गएको बताइएको छ । (राससमा धु्रवसागर शर्मा  रिपोर्ट)

 स्वर्गीय छोरीका निर्दोष प्रश्नहरु

उनैले केहीबर्ष अघिसम्म चुसेका  मेरा स्तनहरु छाम्थिन्  मेरा नाडी र पाखुराहरु सुम्सुम्याउँथिन्  अँगालो हाल्थिन्  गालामा गाला जोड्थिन्  र

प्रधान न्यायाधीश कल्याणले झुट बोलेपछि...

पुनरावेदन अदालत विराटनगरमा म ०६७ पुस ३ गते मुख्य न्यायाधीशका रूपमा हाजिर भएँ । काम गर्दै जाँदा त्यहाँ केही समस्या रहेछन् भन्ने थाहा भयो । एक दिन वरिष्ठ

 कांग्रेस नेता वाग्लेका नयाँ पुस्तक सार्वजनिक

  काठमाडौं । नेपाली कांग्रेसका नेता चिरन्जिवी वाग्लेको साहित्यिक कृति “उज्यालो तिरको यात्रा”  र “नेपाली साहित्य मेरो दृष्टि” सार्बजनिक

 सुरेन्द्रले ल्याए ‘भूमे दर्पण’

काठमाडौं । माओवादी जनयुद्धको उद्गमथलो मानिएका रोल्पा–रुकुममा स्थापित ‘गुरिल्ला पदमार्ग’ प्रवद्र्धन गर्दै आएका पर्यटनविज्ञ सुरेन्द्र रानाले