सभापति देउवासँग युवा नेताहरुको प्रश्न- कांग्रेस कहाँ चुक्यो ?

काठमाडौँ, ६ असार । नेपाली काँग्रेसका युवा नेताहरुले सबल प्रतिपक्षका लागि पार्टीमा सशक्त नेतृत्वको खाँचो रहेको औँल्याएका छन् । 

मंगलबारदेखि मलवानपुरको हेटौंडामा शुरु भएको काँग्रेसका जिल्ला सभापतिको भेलामा सात युवा नेताहरुले आफ्नो संयुक्त लिखित धारणासहित वर्तमान शैली, नेतृत्व र वैचारिक अलमलबाट सशक्त प्रतिपक्षीय भूमिका निर्वाह हुन नसक्ने बताएका हुन् । 

काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, गगनकुमार थापा, जीवन परियार, गुरूराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले अब काँग्रेसको नयाँ मिसन तय गर्दै नयाँ युगका लागि नयाँ एजेण्डा बोकेर हिँड्न सक्ने गरी संगठनको खाका कोर्न जरुरी भएको र त्यस्तो एजेण्डा बोक्न सक्ने नेतृत्वको आवश्यकता औँल्याएका छन्। 

अहिलेको कम्युनिष्ट शक्तिसँग प्रतिस्पर्धा गर्ने र हिजोकोभन्दा पनि बलियो तथा जनमुखी संगठनका रुपमा काँग्रेसलाई डो¥याउने नेतृत्व चाहिएको बताउनुहुने उनीहरुको लिखित प्रस्तावमा “यसका लागि काँग्रेस स्वयं रुपान्तरित हुनुपर्ने र यी सबको जग हाल्ने कामका लागि महासमिति बैठक सबैभन्दा उपयुक्त स्थान हो” उल्लेख थियो । 

काँग्रेसले उठाएको विचार र राजनीतिक सोच राष्ट्रिय राजनीतिमा प्रभाबकारी हुँदा पनि पार्टी स्वयंले भने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा किन जित्न सकिएन भन्ने गम्भीर प्रश्न खडा भएको उल्लेख गर्दै उनीहरुले यसको समीक्षाका लागि प्रजातन्त्र पुनःस्थापनापछि अहिलेसम्म काँग्रेस कहाँ चुक्यो त्यसको लेखाजोखा हुनुपर्नेगर्नुपर्ने धारणा व्यक्त गरेका छन्। 

लिखित प्रस्तावमा राष्ट्रिय राजनीतिमा कम्युनिष्ट सरकारले देखाएको संविधान र लोकतन्त्र विरोधी रवैयाको सशक्त मुकाविला र खबरदारीका लागि तथा लोकतन्त्र र संघीयताको सफल कार्यान्वयनका लागि काँग्रेस रक्षाकबच बन्नुपर्ने उल्लेख गरिएको थियो । 

केन्द्र तथा सबै प्रदेशमा रचनात्मकरुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने र पार्टीलाई संविधानले मार्गनिर्देश गरेअनुरुप तत्काल संघीय प्रणालीमा पार्टीको पुनःसंरचना गर्नुपर्ने सुझाव दिइएको थियो । 
पार्टीलाई नयाँ स्वरूप दिनका लागि छलफल गर्दै गर्दा वैचारिक, सांगठनिक र नेतृत्वका बारेमा पनि थप छलफल हुनुपर्ने र विधानअनुसार नियमितरुपमा पनि अर्को साल फागुनमा पार्टीको १४औँ महाधिवेशन गर्नुपर्नेमा जोड दिइएको थियो । 

काँग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय अनुसार जिल्ला सभापतिको यो भेला भएको हो । जिल्ला सभापति भेला एवं ग्राम र नगरपालिका तहसम्मको पार्टीको सांगठनिक संरचना तथा भातृ र शुभेच्छुक संस्थामार्फत सुझाव बमोजिम पार्टीको विधानमा परिमार्जन एवं संशोधनलगायतको तयारी गरी आगामी भदौमा काँग्रेस महासमितिको बैठक बस्ने जनाइएको छ । रासस

‘अति कम विकसित मुलुकका लागि कानूनमा आधारित व्यापार प्रणाली आवश्यक’ःप्रधानमन्त्री

डाभोस,१० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालजस्ता अतिकम विकासित तथा भूपरिवेष्ठित मुलुकको चासो र अभिरुचि प्रवद्र्धन र संरक्षण गर्न बहुलवादिता

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै,के–के छन् एजेण्डा ?

काठमाडौ,१० माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय ललितपुर सानेपामा बिहान ११ बजे

 डाभोसको माइनस १० डिग्रीको चिसोमा के गर्दैछन् प्रधानमन्त्री ओली

डाभोस, (स्वीटजरल्याण्ड) । विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक विश्वका राजनीतिक नेता, अर्थ्विद्, प्राविधिक, अनुसन्धाता तथा नागरिक

भैरहवाबाट हवाई प्रवेश बिन्दु दिन भारत सहमत

काठमाडौ,९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकालागि हवाई प्रवेश बिन्दु दिन