प्रधानमन्त्रीद्वारा चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरुलाई ब्रिफिङ 

काठमाडौँ, ४ असार  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धिमूलक बनाउने तयारी भएको बताएका छन् । 
चीन भ्रमणको तयारीबारे आइतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी दिँदै उनले भने,  “तपार्इँहरु सबैको भावनालाई समेटेर म चीन जाँदैछु । मुख्यतः राष्ट्रिय हितलाई ध्यानमा राखेको छु ।” 
पूर्वप्रधानमन्त्रीहरुसँगको भेट अघि प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँग भ्रमण सम्बन्धमा छलफल गरेका थिए । 
परराष्ट्र मन्त्री ज्ञवालीसँगको भेटमा उनले भ्रमणपछि नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा प्रवेश गर्ने र चीन– भारतबीचको बढ्दो समझदारीबाट नेपालले थप अवसर प्राप्त गर्ने विश्वास व्यक्त गरे । आफ्नो आसन्न भ्रमणलाई चिनिया पक्षले दुई पक्षीय सम्बन्धमा सबैभन्दा महत्वपूर्ण पहलकदमीका रुपमा अंगीकार गरेको पनि उनले बताए । उनका अनुसार भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा थप पाँच नाका खोल्ने समझदारी हुन गइरहेको छ । 
भ्रमणका अवसरमा समझदारी पत्रमा हस्ताक्षर र ‘लेटर अफ एक्सचेन्ज’ आदानप्रदान हुने जानकारी दिँदै उनले दुवै देशको राजनीतिक स्थिरताले विकास र समृद्धिको नयाँ मार्ग प्रशस्त हुने अपेक्षा गरिएको बताए । 
परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणले विगतका समझदारी र सम्झौता कार्यान्वयनको बाटो खुल्ने विश्वास व्यक्त गरे । “भ्रमणका क्रममा सहयोगका नयाँ क्षेत्र पनि पहिल्याइने छ, दुई देशबीच ‘कनेक्टेभिटी’का क्षेत्रमा महत्वपूर्ण समझदारी हुनेछ ,” परराष्टक मन्त्री ज्ञवालीले भने । 

केरुङ–काठमाडौ, काठमाडौँ–पोखरा रेल परियोजनाका सम्बन्धमा विस्तृत परियोजना प्रतिवेदन बनाएर अघि बढ्ने समझदारी हुने जानकारी पनि उनले गराए । 
पूर्वप्रधानमन्त्रीहरुसँगको छलफलमा नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चीन भ्रमणमा नेपालको तयारी राम्रो रहेको बताउँदै भ्रमणले नेपालको हित हुने विश्वास व्यक्त गरे । 
उनले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना पनि दिए । नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन–भारत बीच त्रिदेशीय सम्बन्ध अगाडि बढ्नु सकारात्मक भएको बताए । त्यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनालले रेल परियोजनाप्रति सबैको आशा रहेको बताए भने अर्का पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई लिखित सुझाव प्रस्तुत गरेका थिए । 
पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेपाल र चीन बीचको बहुआयामिक सम्बन्धलाई महत्वका साथ अघि बढाउन रणनीतिक साझेदारीको दिशामा अग्रसर हुनुपर्ने धारणा राखेका थिए । 
मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले नेपालमा चिनिया लगानी भित्र्याउने वातावरण बन्नु पर्ने राय व्यक्त गरे । रासस

रहेनन् वरिष्ठ साहित्यकार मोहनराज शर्मा

काठमाडौँ, १० माघ । वरिष्ठ साहित्यकार प्रा मोहनराज शर्माको आज ८१ वर्षको उमेरमा निधन भएको छ । मधुमेह, रक्तचाप र अन्य रोगबाट पीडित शर्माको कलङ्कीस्थित

सर्वसाधरण कुट्ने प्रहरी निलम्बीत

गलकोट, १० माघ । सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ

सरकारलाई आवासीय चिकित्सक संघको अल्टिमेटम, शुक्रबारदेखि स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी

काठमाडौ,१० माघ । आवासीय चिकित्सक संघले आज बेलुकीसम्ममा डाक्टर गोविन्द केसीका माग पूरा नगरे शुक्रबारदेखि स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका

काठमाडौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा बाक्लो हुस्सु,मौसम सफा हुन अझै २ दिन लाग्ने

काठमाडौ,१० माघ । बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका पहाडी क्षेत्रमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ । बुधबार काठमाडौँसहित देशका अधिकांश