कर्मचारीमाथि सरकारी अंकुश

पोखरा, ३ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उच्च पदस्थ सरकारी कर्मचारीले अवकाश लिएको दुई वर्षसम्म कुनैपनि एनजिओ, आइएनजिओमा काम गर्न नपाउने बताए। 

पत्रकार महासंघ कास्की शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारी अवकाश पाउने बित्तिकै एनजिओ, आइएनजिओमा काम गर्दा राष्ट्रको गोपनियता भङ्ग हुने बताए। 

राष्ट्र सेवक कर्मचारीलाई अवकाशपश्चात मुलुकमै काम गर्नेगरी व्यवस्था गरिने बताउँदै उनले सरकारले कर्मचारीको सेवा सुविधाको उचित व्यवस्था गर्ने योजना रहेको बताए। स्थानीय तहमा ९५ प्रतिशत प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था भइसकेको जानकारी दिँदै मन्त्री पण्डितले अन्य स्थानमा पनि निकट भविष्यमा व्यवस्था गरिने उल्लेख गरे। 

प्रदेश लोकसेवा आयोगमार्फत सबै ठाउँमा कर्मचारीको व्यवस्थापन गर्न मन्त्रालय लागेको छ भन्दै उनले तोकिएको ठाउँमा नजाने कर्मचारीलाई कारबाहीको प्रक्रिया अगाडि बढाइसकिएको बताए। 

निजामती ऐन आएपछि स्थानीय तहका कर्मचारीलाई पनि अन्य क्षेत्रमा हेरफेर गरिने र सरकारले नगरपालिका र महानगरपालिकाका कर्मचारीलाई पनि जुनसुकै ठाउँमा खटाउन सक्ने उनको भनाइ थियो । रासस

रहेनन् वरिष्ठ साहित्यकार मोहनराज शर्मा

काठमाडौँ, १० माघ । वरिष्ठ साहित्यकार प्रा मोहनराज शर्माको आज ८१ वर्षको उमेरमा निधन भएको छ । मधुमेह, रक्तचाप र अन्य रोगबाट पीडित शर्माको कलङ्कीस्थित

सर्वसाधरण कुट्ने प्रहरी निलम्बीत

गलकोट, १० माघ । सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ

सरकारलाई आवासीय चिकित्सक संघको अल्टिमेटम, शुक्रबारदेखि स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी

काठमाडौ,१० माघ । आवासीय चिकित्सक संघले आज बेलुकीसम्ममा डाक्टर गोविन्द केसीका माग पूरा नगरे शुक्रबारदेखि स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका

काठमाडौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा बाक्लो हुस्सु,मौसम सफा हुन अझै २ दिन लाग्ने

काठमाडौ,१० माघ । बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका पहाडी क्षेत्रमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ । बुधबार काठमाडौँसहित देशका अधिकांश