श्रीमतीलाई जबरजस्ती करणी गरेको भन्दै तीन वर्ष जेल

आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने श्रीमान्लाई तीन वर्ष जेल सजाय भएकाे छ । जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश कृपासुर कार्कीले बुधबार श्रीमान्लाई ३ बर्ष कैद सजाय र ५० हजार क्षतिपूर्ती दिलाउन आदेश दिएका हुन् ।

पीडक श्रीमान्ले बयानका क्रममा आफ्नो जायजेथा नभएको बताएपछि उनको जायजेथा भए त्यसैबाट र नभए सरकारबाट पीडितलाई ५० हजार क्षतिपूर्ति दिलाउन अदालतले आदेश दिएको हो ।

फुङलिङ नगरपालिका घर भई फक्ताङलुङ गाउँपालिका बस्दै आएका पीडकको नाम खोल्दा पीडित समेतलाई असर गर्ने भएकाले दुबैको नाम गोप्य राखिएको छ ।

२०७१ साउन ३० गते प्रहरीमा दर्ता भएको जाहेरी भदौ ३० गते अदालत पुगेको श्रेष्तेदार गोपाल थापाले बताए । कान्तिपुर दैनिकबाट ।

सांसद बन्न वामदेवको मरिहत्ते किन?

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित भएपछि नेकपाका नेता (तत्कालीन एमालेका उपाध्यक्ष) वामदेव गौतम उपनिर्वाचनमार्फत

१५ सय कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिन हुँदै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएको आरोप लागेका १ हजार ५ सय कर्मचारीमाथि छानबिन गरिरहेको

आफ्नै बाबुले ११ वर्षिया छोरी बलात्कार गरी गर्भपतन गराएपछि

सुन्दा फेरि पनि अचम्म लाग्न सक्छ । बाबुले छोरीलाई बलात्कार गरे भन्दा । तर ललितपुरको गोदावरी नगरपालिका–११ मा गोदावरी (ए) बहादुरले ११ वर्षकी छोरी

निर्मलाको बलात्कार र हत्यापछि प्रदेश ७ मा थप २८ बलात्कृत

कञ्चनपुरकी निर्मला पन्तको हत्यापछि प्रदेश ७ का विभिन्न स्थानमा बलात्कारका २८ वटा घटना भएका छन्। यस प्रदेशमा साउनमा १० र भदौमा १७ वटा बलात्कारका घटना