भारत अधिनस्थ काश्मिरमा गोली हानाहान, दुइको मृत्यु

श्रीनगर, काश्मिर, ३१ जेठ । भारत अधिनस्थ काश्मिरमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दाहोरो गोली हानाहानमा परी एक सैनिक र दुई आतङ्ककारीको मृत्यु भएको छ ।
 श्रीनगर शहरबाट करिब ६५ किलोमिटर उत्तरमा रहेको बान्दिपोरा जिल्लाको पाना जङ्गलमा दोहोरो गोली हानाहान भएको सरकारी स्रोतले जानकारी दिएको छ ।

जङ्गलमा भएको यस दोहोरो गोली हानाहानमा परी दुई आतङ्ककारी र एक सैनिकको मृत्यु भएको कर्नेल राजेस कालियाले जानकारी दिएका हुन् ।

सो इलाकामा आतङ्ककारीहरुको खोजी कार्य जारी भइरहेको थियो । उक्त क्षेत्रमा विगत लामो समयदेखि उनीहरुले आतङ्क मच्चाइरहेका छन् ।

गत आइतबार पनि कुप्वाला जिल्लाको तल्लो इलाकामा भारतीय सेनाको कारबाहीमा परी कम्तीमा छ आतङ्ककारी मारिएका थिए । रासस/सिन्ह्वा

 

माइकल आँधीले ३६ को मृत्यु

वासिङ्टन, ४ कात्तिक । अमेरिकामा माइकल नामको आँधीका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको अधिकारीहरुले जनाएका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका

अफगानिस्तानको निर्वाचनमा १३० भन्दाबढी हताहत

काबुल, ४ कात्तिक । अफगानिस्तानमा भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा एक सय ३० भन्दाबढी व्यक्ति हताहत भएका छन् । शनिबार

रुसले चीनसँग थप सहयोग र समन्वय विस्तार गर्ने

सोची, २ कात्तिक । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँग आफ्नो देश थप सहयोग र समन्वय विकासका लागि तयार रहेको बताएका छन् । रुस र चीनका साझा चासोका

भारतमा भएको रेल दुर्घटनामा करिब साठीको मृत्यु

अमृतसर, भारत, ३ कात्तिक । भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसरमा शुक्रबार भएको रेल दुर्घटनामा परी करिब ६० व्यक्तिको ज्यान गएको छ । प्रहरी स्रोतले