प्रधानमन्त्रीले लिपुलेकबारे कुरा उठाउनु पर्छ : भण्डारी

काठमाडौं, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको क्रममा नेपालको लिपुलेकको बारेमा कुरा उठाउन सक्नुपर्ने धारणा राखेका छन् ।

उनले भने,‘चीनले नेपालको अहित हुने काम गर्न सक्दैन, त्यसैले प्रधानमन्त्रीले आफ्नो भ्रमणमा लिपुलेकबारे कुरा राख्नुपर्छ, अनिमात्रै भ्रमण सफल भएको मान्न सकिन्छ।’

तत्कालिन प्रधानमन्त्री विपी चीन भ्रमणमा जाँदा उनले माओसँग चीनबाट नेपाल जोड्ने दुईवटा सडक माँगेको स्मरण सुनाउँदै भण्डारीले भने,‘यो कुरा भारतीय पक्षलाई मन परेन, पछि राजासँग मिलेर विपीको सरकार नै ढालियो, विपीसँग दुई तिहाई बहमुत हुँदापनि उहाँको सरकार १८ महिना पनि टिक्न दिईएन्।’

अहिले प्रधानमन्त्री ओलीले चीन भ्रमणमा जाँदा अनुदानमा चीनीयाँ रेल नेपाल ल्याउन पहल गर्नुपर्ने उनले सुझाए । उनले भने,‘यदि चीनले नेपालमा अनुदानमै रेल ल्याईदिओ भने प्रधानमन्त्रीको यो भ्रमण उपलब्धिपूर्ण हुन्छ।’

नेता भण्डारीले नेपालका नेताहरु विदेशीको गुलामी नै गर्नुपर्छ भन्ने संस्कारबाट ग्रसित रहेको समेत आरोप लगाए । उनले भने,‘हामी नेपाली हरेक कुरामा सक्षम छौं, आज हेर्नुहोस सिंगापुरमा हालै भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको वार्तामा गोरखा सैनिकले सुरक्षा दियो, यो गौरवको विषय हो।’

उनले नेपालको विकास र समृद्धिको मोडल नै गलत रहेको गुनासो गरेका छन् । उनले भने,‘गलत मोडलमा हामीले विकास निर्माणका कामहरु अघि बढाएका छौं, हामीले धेरै योजनाविद बनाऔं, धेरै प्रधानमन्त्री बनाऔं, धेरै सरकार बनाऔं, तर भु–बनोट सुहाउँदो विकास गर्न भने सकेनौं।’

नेपालको भू–बनोट अनुसार हिमाल हेर्नको लागिमात्रै, पहाडको क्षयीकरण र तराई आगामी २० वर्षमा डुबानमा पर्ने खतरा पनि उनले औंल्याए ।

उनले भने,‘हामीले जतिसक्दो चाँडो एकीकृत वस्ती बसाल्नुपर्छ, हाम्रा सडकहरु मान्छे मार्ने धराप् बनेका छन्, अब हामी विश्व विकासको मोडल अनुसार अघि बढ्नुपर्छ।’ उनले तत्काल कम्तिमा पनि ५ वटा सुरुङमार्ग बनाउनुपर्नेमा जोड दिए ।

अहिलेकै अवस्थामा जोसुकै व्यक्ति नेतृत्वमा आएपनि यही मोडेलमा देशको विकास हुन नसक्ने नेता भण्डारीको ठोकुवा छ । उनले भने,‘हामीले विकासका प्राथमिकताहरु तय गर्न सकेनौं, हाम्रा आफ्ना पहिचानको बारेमा हामीलाई केही थाहा छैन, पशुपतिनाथ, जानकी मन्दिर, लुम्बिनी र मुक्तिनाथ यी हाम्रा पहिचान हुन्।’ नेपालका आफ्ना पहिचानलाई भारतका प्रधानमन्त्री आएर देखाईदिनुपर्ने यो कस्तो विडम्बना भन्दै उनले प्रश्न समेत तेर्साए ।

उनले थपे,‘प्रधानमन्त्री ओली अन्टसन्ट बोल्नुहुन्छ, प्रतिपक्षी दलका नेता बोल्दै बोल्नुहुन्न।’ अहिले सरकारसँग दुई तिहाईभन्दा बढिको बहुमत हुँदापनि सोचे अनुसार काम नभएको उनको गुनासो छ । उनले थपे,‘प्रधानमन्त्रीले रातदिन काम गर्नुपर्ने बेला हो, १८ घण्टा काम गर्नुपर्छ।’ सरकारले अहिले सुति बसेको प्रतिपक्षी दललाई व्युँझाउने काम गरेको पनि उनको भनाई थियो ।

 

 

 

 

नेकपामा सुनुवाई भएन माधव नेपालको असन्तुष्टि

काठमाडौँ, ६ कात्तिक , नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र नेता माधव कुमार नेपालले लिखित रुपमा दर्ता गराएको असन्तुष्टिको सुनुवाई हुन सकेन । पार्टीको

अहिले पनि नेका बलियो छः महामन्त्री कोइराला

विराटनगर, ५ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेस अहिले पनि बलियो रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज

नेकपा सचिवालय बैठकमा बामदेव प्रकरणबारे बहस, मानन्धरको राजिनामा अस्वीकृत

काठमाडौ, कात्तिक ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकमा नेताहरूका बीचमा भएका विवाद र असहमतिका विषयमा छलफल भएको छ । सचिवालय

नेकपा सचिवालय बैठक शुरु

काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ । नेकपा सचिवालय बैठक दशैं अघि बसेको