चिनिया रेलले केरुङ काठमाडौंं मात्र जोड्ने

चीनले यसअघि बनाउने भनिएको केरुङ–काठमाडौंं–पोखरा–लुम्बिनी रेलमार्गलाई छोटो बनाइएको छ। अब सरकारले केरुङबाट काठमाडौंं मात्र रेल मार्ग बनाउने प्रस्ताव गर्ने भएको छ। प्रधानमन्त्री केपी ओलीको असार ५ गतेदेखि हुने चीन भ्रमणमा यस्तो प्रस्ताव गर्न लागिएको हो।

भौतिक मन्त्रालयले केरुङ–काठमाडौं करिब एक सय किमि रेलमार्गलाई मात्र प्राथमिकतामा राखेको छ। काठमाडौं–पोखरा–लुम्बिनी अर्थात् आबुखैरैनीबाट एउटा लाइन पोखरा र अर्को लाइन लुम्बिनीका लागि प्रस्ताव गरिएको योजना छलफलमै आउने छैन। रसुवागढी हुँदैे केरुङ–काठमाडौं रेलमार्ग पहिलो प्राथमिकता रहेको मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले बताए।

उनले भने, ‘केरुङ काठमाडौंलाई प्राथमिकीकरण गरेर पठाइएको छ। यो पटक काठमाडौंसम्म मात्रै चिनियाँ रेलले जोड्ने गरी निर्माण प्रस्ताव गरिएको छ।’ प्रधानमन्त्री ओलीले यसअघि भारत भ्रमणमा खण्डगत रूपमा निर्माण थालिएको नौ सय ४५ किमिको पूर्वपश्चिम रेलमार्गलाई छोडेर जम्मा एक सय ३० किमिको रक्सौल–वीरगन्ज–काठमाडौं रेलमार्ग निर्माणको सहमति गरेका थिए। अन्नपूर्ण पोस्टबाट ।

जेलमै बनेको थियो नक्कली नोट छाप्ने योजना

प्रहरीले कीर्तिपुरस्थित मच्छेगाउँबाट नक्कली नोटसहित पक्राउ अभियुक्तले नोट छाप्ने तरिका ‘इन्टरनेट’बाट सिकेको खुलेको छ । नोट छाप्ने योजना भने

राष्ट्रपतिको राजसी टीका

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैंको अवसरमा टीका लगाइदिँदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको

आजदेखि निजी कम्पनीले पनि ‘स्मार्ट लाइसेन्स’ छाप्ने

स्मार्ट कार्ड (सवारीचालक अनुमतिपत्र) मंगलबारदेखि निजी कम्पनीले समेत छाप्ने भएको छ । पहिलो दिनदेखि नै निजी कम्पनीले दैनिक २० हजारभन्दा बढी स्मार्ट

विश्वकप ट्रफी यसै साता नेपाल ल्याइदै

अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी नेपाल ल्याइने भएको छ। ट्रफी यसै साता नेपाल आउन