प्रधानमन्त्री ओलीले लिए द्रुतमार्गबारे जानकारी

काठमाडौँ, ३१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको जंगी अड्डामा राष्ट्रिय महत्वको आयोजना काठमाडौँ–तराई÷मधेश द्रुतमार्गबारे जानकारी लिएका छन् । 

प्रधानमन्त्री ओली बुधबार जंगी खड्डा पुगेर जानकारी लिएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सर्वत्र चासो र चिन्ताको विषय बनेको राष्ट्रिय गौरवको काठमाडौ–तराई÷मधेश दु्रतमार्ग आयोजनामा नेपाली सेनाले हालसम्म गरेको प्रगति विवरण सम्बन्धमा आयोजना प्रमुख प्राविधिक उपरथी योगेन्द्रबहादुर खाणले जानकारी गराएका थिए । 
नेपाली सेनाले काठमाण्डौ–तराई÷मधेश दु्रतमार्ग आयोजनामा हालसम्म गरेको प्रगति सम्बन्धमा प्रधानमन्त्री विश्वस्त भएको र उनले सरकारबाट निर्माण कार्यमा सहयोगका लागि कुनै पनि कसर बाँकी नराख्ने हुँदा तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ । 
उक्त अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रधुवीर महासेठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल र नेपाली सेनाका रथीहरुको उपस्थिति रहेको थियो । 

५३ डब्बासहितको रेल जनकपुर आइपुग्यो

धनुषा, ५ कात्तिक । भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहितको रेल दोस्रो पटक आइतबार जनकपुर आइपुगेको छ ।  रेल तथा मेट्रो विकास

पत्रकार  हुमागाईंको  निधन

काठमाडौँ, ५ कात्तिक ।  ‘नेपालभूमि’ साप्ताहिकका संस्थापक सम्पादक तथा साहित्यकार रामचन्द्र हुमागाईंको ६५ वर्षको उमेरमा आइतबार निधन भएको छ

मुर्ति सेलाउने विवादले कृष्णनगरमा अनिश्चितकालीन कफ्र्यु

कपिलवस्तु, ५ कात्तिक । दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले आइतबार साँझबाट

कर्णालीको सिमकोट गाउँपालिकामा मोबाइल एप्स

हुम्ला, ४ कात्तिक । कर्णाली प्रदेशको सिमकोट गाउँपालिकाले मोबाइल एप्स आजदेखि सञ्चालनमा ल्याएको छ । सिमकोट गाउँपालिकामार्फत सञ्चालन गरिँदै आएका हरेक