सांसदलाई तालिम दिन युएनडिपीको ६४ करोड

संसद्मा दाताको प्रभाव निरुत्साहित गर्नुपर्ने आवाज उठिरहेका वेला संसद् सचिवालयले सांसदहरूको सशक्तीकरणका लागि भन्दै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)बाट झन्डै ६४ करोड रुपैयाँ सहयोग लिने सम्झौता गरेको छ ।

संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई र युएनडिपीका प्रतिनिधि रेनउड मेएरबीच ५९ लाख १५ हजार २ सय ५७ अमेरिकी डलर (६३ करोड ८८ लाख ४७ हजार नेपाली रुपैयाँ) सहयोगको सम्झौता भएको हो । १० वैशाखमा भएको उक्त सम्झौताबारे अधिकांश सांसद मात्रै होइन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासमेत अनविज्ञ छन् । ‘हामी (सभामुख र अध्यक्ष) आइसकेपछि युएनडिपीसँग सम्झौता भएको छैन । तपाईंले भनेर थाहा भयो । म भोलि बुझ्नेछु,’ उनले नयाँ पत्रिकासँग भने । नयाँ पत्रिकाबाट ।

द्वन्द्वको पीडाः जिते ऐस, हारे जन्मकैद

कालिकोट,२९ कात्तिक ।  शुभकालिका गाउँपालिका–५ का सिंहबहादुर शाही तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका बेला नेपाली सेनामा सिपाही थिए । मुलुकमा

कांग्रेस महासमिति बैठक पुनः सर्ने संकेत

विधानको मस्यौदा लेखन ठप्प, प्रतिवेदन लेखन सुरु नै भएन काठमाडौ,२९ कात्तिक ।   कांग्रेस महासमिति बैठकमा पेस गर्ने विधान मस्यौदा, राजनीतिक, आर्थिक र

डा. दुर्गा थापा पहिलो महिला एआइजी

काठमाडौ,२८ कात्तिक । स्थापनाको ६३ वर्षपछि नेपाल प्रहरीमा महिला पहिलोपटक विशिष्ट श्रेणीमा पुगेका छन् । प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापा

वामदेवलाई अर्को झड्का

काठमाडौ,२८ कात्तिक ।  सांसद बन्ने आवेगबाट फिर्ता भएका वामदेवद्वारा राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र नेतृत्व आफूलाई दिन प्रस्ताव,