२०२६ को विश्वकप उत्तर अमेरिकी क्षेत्रमा, मोरक्कोको दाबीमा कम भोट


काठमाडौं, ३० जेठ । मंगलबार मस्कोमा भएको फिफा कंग्रेसको विश्वकप २०२६ आयोजना अधिकार दिने भोटको नतिजा सार्वजनिक भएको छ ।

बुधबार सार्वजनिक भएको नतिजा अनुसार उत्तर अमेरिकी देशहरु युएसए, क्यानडा र मेक्सीकोले विश्वकप २०२६ आयोजना गर्न हालेको प्रस्ताव पारित भएको हो ।

उत्तर अमेरिकी राष्ट्रहरुले ४८ टोली सम्मीलित विश्वकपको आयोजना गर्ने प्रस्तावमा १३४ भोट प्राप्त भएको हो । २०० भोट हालिएकोमा ६५ भोट मात्र मोरक्कोले पाएको छ ।

केहि समयअघि अमेरिकी राष्ट्र डोनाल्ड ट्रम्पले युएसएलाई विश्वकप आयोजना गर्न दिनुपर्ने भन्दै विवादास्पद ट्वीट गरेका थिए । उनले आफ्नो राष्ट्रको सहयोग लिने राष्ट्रहरुनै युएसए विरुद्ध लाग्यो भने अमेरिकाले किन सहयोग गर्ने भन्दै संयुक्त राष्ट्र संघलाई समेत मुछेका थिए ।

तथापी ट्रम्पले यि ३ राष्ट्रको प्रस्ताव पारित गराउन पर्याप्त पहल गरेका थिए । ट्रम्पले विश्वकप लक्षित भिषा समस्या नहुने पनि जनाएका थिए ।

 

पूर्व क्रिकेटर जयासूर्यालाई भ्रष्टाचारको आरोप

  सरल संवाददाता काठमाडौं, २९ असोज । श्रीलंकाका पूर्व क्रिकेटर सनथ जयासूर्यामाथी आईसीसीको भष्टाचार विरुद्धको दुईवटा नियम मिचेको आरोप लागेको छ

 अफगानी क्रिकेट लिगमा सन्दीपको शानदार डेब्यू

काठमाडौं । अफगानिस्तान प्रिमियर लिग (एपिएल) मा नेपाली स्टार लेग स्पीनर सन्दीप लामिछानेले शानदार डेब्यू गरेका छन् ।  अफगानी फ्रान्चाइज टोली

फुटबल क्लबलाई ललितपुर महानगरले सहयोग गर्ने

काठमाडौं, २९ असोज । ललितपुर महानगरपालिकाले पाँच वटा ‘ए’ डिभिजन क्लबलाई आर्थिक सहयोग गर्ने भएको छ । महानगरको बोर्ड बैठकले जिल्लाका  ‘ए’ डिभिजन

एमबापेले जित्न सक्छन \'बेलोन डी ओर\' अवार्ड

पेरिस । फ्रेन्च फुटबलर क्यालियन एमबापेले बेलोन डी ओर अवार्ड जित्न सक्ने अडकलबाजी गर्न थालिएको छ । यूभेन्टसका मिडफिल्डर ब्लेज मटुडीले बेलोन डी ओरका