कालु पाँडेको पूर्णकदको शालिक निर्माण गरिने


काठमाडौँ, ३० जेठ । चन्द्रागिरि नगरपालिका–१ मा पर्ने दहचोक गाउँपालिकाको अग्लो थुम्कोमा योद्धा कालु पाँडेको समाधिस्थल परिसरमा पूर्णकदको शालिक निर्माण गरिने भएको छ ।

आधुनिक नेपालको एकीकरण अभियानमा पृथ्वीनारायण शाहका मूलकाजीका रुपमा जीवनको उत्सर्ग गरेका योद्धा पाँडेको स्मृतिमा त्यस क्षेत्रमा करीब रु नौ लाखको लागतमा शालिक निर्माण गर्न लागिएको वडाध्यक्ष राजेन्द्र केसीले जानकारी दिए ।

उनको पूर्णकदको शालिक निर्माण गरी त्यस क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने दीर्घकालीन योजना रहेको अध्यक्ष केसीले बताए ।

सो स्थानबाट काठमाडौँ उपत्यका तथा गोर्खा, धादिङ, नुवाकोट, गणेश हिमाल लगायतका अग्ला शिखर देखिन्छ । कलंकीदेखि नैकाप पुरानो भञ्ज्याङबाट वनजंगलको नजिकैबाट उकालो गएपछि स्थानीय बिन्ध्यवासिनी र इन्द्रदह पार गरेपछि पुगिने समाधिस्थल आसपासका क्षेत्रमा पूर्वाधार विकासका गृहकार्य भइरहेको छ ।

सीतापाइलादेखि रामकोट, भीमढुंगा हुँदै दक्षिणतर्फ गएपछि स्विटजरल्याण्ड उद्यान पुग्न सकिन्छ । गोरेटो बाटोलाई अचेल फराकिलो पार्दै मोटरबाटो बनाइएको छ ।

प्रा रामकुमार पाँडेले उनको सम्झनामा त्यस क्षेत्रमा एक दरबार र संग्रहालय निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

उद्यमी भक्त प्रल्हादका अनुसार विसं १७७० मा जन्मेका वंशीधर पाँडे सैन्य कौशलतामा निपुण, राजनीतिक अनुभव तथा कूटनीतिक अनुभवका कारण काजी कालु पाँडेका रुपमा पहिचान बनाएको इतिहास पाइन्छ । उनको विसं १८१४ जेठ मा कीर्तिपुरको युद्धमा मृत्यु भएको थियो । रासस

 

शिशु हत्या गरेर भाग्नेलाई प्रहरीले समात्यो

इटहरी, ३ कात्तिक । महोत्तरी औराही–१ को ८ महीने शिशुको अपहरण गरी यौन दुव्र्यवहारसहित हत्या गरी फरार रहेका एक अभियुक्तलाई आज सुनसरीबाट पक्राउ गरेको छ

प्रधानमन्त्रीबाट एचआइभी सङ्क्रमित बालबालिकालाई टीका

काठमाडौँ, ३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सदन कीर्तिपुर, भत्केपाटीमा अध्ययनरत एचआइभी सङ्क्रमित बालबालिकालाई आज दशैँको टीका

नागरिकता विवरणमा हेर्नेमात्र पहुँच

काठमाडौं, ३ कात्तिक । सरकारले नेपाली नागरिकको नागरिकता प्रमाणपत्रको विवरण (डेटा) मा सेवा प्रवाह गर्ने निकायलाई हेर्ने मात्र (रिड वन्ली एक्सेस)

खुकुरी प्रहार गरी युवकको हत्या

उर्लाबारी, ३ कात्तिक । मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ । गए राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले