वर्तमान सरकार ५ वर्ष टिक्ने दाबी


चितवन, ३० जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पांँच वर्ष टिक्ने र जनताको अपेक्षानुसार विकास निर्माणका काम गर्ने बताएका छन् ।

भरतपुर महानगरपालिका, मंगलपुरको शिवराम चोकमा निर्मित शहीद शिवराम स्मृति प्रतिमाको आज अनावरण गर्दै उनले भने, “अब विकास र समृद्धिको बाटोमा हिँडेर समाजवादमा पुग्ने लक्ष्य हामीले लिएका छौँ ।”

स्थानीयवासी शिवहरि तिमिल्सिना विसं २०६० फागुन १७ गते रुपन्देहीमा र रामकृष्ण तिमिल्सिना २०६९ असोज १७ गते स्याङ्जामा मारिएका थिए । उनीहरुकै नामबाट चोकको नामकरण गरी प्रतिमा निर्माण गरिएको हो । रासस

 

शिशु हत्या गरेर भाग्नेलाई प्रहरीले समात्यो

इटहरी, ३ कात्तिक । महोत्तरी औराही–१ को ८ महीने शिशुको अपहरण गरी यौन दुव्र्यवहारसहित हत्या गरी फरार रहेका एक अभियुक्तलाई आज सुनसरीबाट पक्राउ गरेको छ

प्रधानमन्त्रीबाट एचआइभी सङ्क्रमित बालबालिकालाई टीका

काठमाडौँ, ३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सदन कीर्तिपुर, भत्केपाटीमा अध्ययनरत एचआइभी सङ्क्रमित बालबालिकालाई आज दशैँको टीका

नागरिकता विवरणमा हेर्नेमात्र पहुँच

काठमाडौं, ३ कात्तिक । सरकारले नेपाली नागरिकको नागरिकता प्रमाणपत्रको विवरण (डेटा) मा सेवा प्रवाह गर्ने निकायलाई हेर्ने मात्र (रिड वन्ली एक्सेस)

खुकुरी प्रहार गरी युवकको हत्या

उर्लाबारी, ३ कात्तिक । मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ । गए राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले