अविश्रान्त यात्री, चाचा जी, को अभिनन्दन्

आफ्नालागि त जो पनि बाँच्दछन्, अर्काका लागि, समाज र देशका लागि बाँच्नु पो सार्थक बाँच्नु हो । यो नयाँ भनार्ई होइन । परम्परादेखि चल्दै आएको यो शास्वत भनाई मानिसहरु दोहोर्याउन त दोहोर्याई रहन्छन्, तर व्यवहारमा कतिले यसको कार्यान्वयन् गर्छन् त ? उत्तर सन्तोषजनकरुपमा प्राप्त गर्न सकिँदैन ।

एउटा कुरा भने निश्चित पनि हो, जो जुनरुपमा जसका लागि बाँच्दछ ऊ पनि उसकै लागि बाँच्दछ । तर यो शीघ्रप्राप्य भने छैन । ढिलो चाँडो हुन सक्छ, तर परिणाम भने सकारात्मक नै हुन्छ । जीवनको यो एक महत्वपूर्ण सत्य हो । 
एउटा व्यक्तिका लागि समाज बाँच्ने कुरा सुन्दा अपत्यारिलो लाग्न सक्छ तर यो सत्य कुनै बेला प्रकट हुन्छ । यसपटक यो सत्य प्रकट भएको छ पन्नालाल गुप्ताको सन्दर्भमा । पत्रकार पन्नालाल गुप्तालाई नेपालगञ्जको समाजले आज नागरिक अभिनन्दन गर्दैछ । 

नगरिक अभिनन्दन स्वयंममा निकै महत्वपूर्ण परिघटना हो । यस्ता घटना पटकपटक हुँदैनन् र सबैका लागि पनि हुँदैनन् । सबैले यो यश प्राप्ति जीवनमा गर्न सक्दैनन् । यस्तो परिघटना उसका सन्दर्भमा मात्र हुन सक्छ जसको जीवन स्वयंसम्ममात्र सीमित छैन, जो स्वयंका लागिमात्र नबाँचेर अर्काका लागि, समाज र देशका लागि पनि बाँचेको छ, बाँच्दछ । पन्नालाल यिनै यस्तै थोरै व्यक्तिमध्येका एक हुन् । 

वास्तवमा कुनै पनि व्यक्तिले आफ्नो जीवनमै प्राप्त गर्ने सबैभन्दा ठूलो सम्मान नै नागरिकबाट समाजबाट गरिने अभिनन्दन् हो । एउटा व्यक्तिले सबै प्रकारको मान—सम्मान, तक्मा, पदवी, पुरस्कार, ताम्रपत्र, स्वर्णपत्र आदी आदी धेरै कुरा प्राप्त गर्न सम्भव छैन तर नागरिक अभिनन्दनको सम्मान जो कोही व्यक्तिले प्राप्त गर्न सम्भव छैन । नागरिक अभिनन्दन, व्यक्तिले समाजमा पुर्याएको योगदान र त्यो योगदानलाई समाजले स्वीकार गरेको प्रतिफलका रुपमा अथर््याउन खोज्दा अन्यथा हुँदैन । 
पन्नालाल गुप्ता नेपाली पत्रकारिता फाँटका यस्ता दधिची हुन् जो पत्रकारितासम्म मात्र सीमित रहेनन् । उनको योगदान पत्रकारितामा मात्र चर्चायोग्य रहेन बरु सम्पूर्ण समाजले उनको योगदानको कदर गर्यो र उनको महत्वलाई स्वीकार गर्यो । 
८९ वर्षीय गुप्ताले आफ्ना जीवनकालभरि धन, सम्पति, अवसर, पद आदीको कुनै पनि प्रकारको लालसा राखेनन् । मात्र एकोहोरिएर पत्रकारिता गरि रहे । उनको ठम्याई रह्यो, पत्रकारिताका माध्यमबाट जनतालाई सुसूचित गर्नु पर्छ । सुसूचित हुन सके जनता जागरुक, शिक्षित र चेतनशील बन्न सक्छन् र यस्ता जनताले मात्र समाजलाई नया गति र नया रुप प्रदान गर्न सक्छन् । यसबाटमात्र समाजको सार्थक रुपान्तरण सम्भव छ । यही विश्वास नै गुप्ताको जीवनभरिको सम्वल र शक्ति थियो र छ, जसका प्रयोग उनी आजपर्यन्त गरिरहेका छन् ।

समाजलाई औंधी माया गर्ने गुप्ता परिवर्तित, उन्नत, र विकसित नेपालगञ्ज चाहन्थे । यस क्रममा उनले एक सशक्त ओजारको प्रयोग गरिरहे, त्यो हो पत्रकारिता । समाजले पनि उजलाई अगाध माया गर्छ । पन्नालाल गूप्ता, पन्ना गुप्ता, पन्ना जी हुँदै कुनवेला उनी पन्ना चाचा र चााचा जीमा रुपान्तरित भए सम्भवतः उनी स्वयंले थाहा पाएनन् । आज नेपालगञ्जमात्र होइन नेपाल र विश्वभरिका जसले उनलाई चिन्दछन् पन्ना चाचा नै भनेर चिन्दछन् । उनै पन्ना चाचाको नेपालगञ्जको समाजले आज नागरिक अभिनन्दन् गर्दैछ । 
 वि सं १९८६ भदौ कृष्णाष्टमीका दिन यस पृथ्वीमा अवतरित गुप्ताले आफ्नो पत्रकारिताको जीवनमा प्रकाशक, सम्पादक, संवाददाता, प्रुफ रिडर, कम्पोजिटर, हकर, वितरक, वजार व्यवस्थापकलगायतका सबै भूमिका आवश्यकताअनुसार निर्वाह गरे । केही वर्षअधिसम्म पनि उनी क्यारियरमा पत्रिका राखेर साइकल घिसारेको देख्न सकिन्थ्यो । एक समय यस्तो रह्यो, जब साइकिल उनको सबैभन्दा प्रिय र भरोसाको साथी बन्यो । जहाँ देखिए पनि पन्ना चाचा साइकिलसँगै देखिन्थे । साइकिल र चाचा जीलाई जोडेर नेपाली मिडियामा अनेकौ सामग्रीले कभरेज पायो । आजीवन साइकिलका अविश्रान्त यात्री गुप्ता यतिखेर साइकिल चलाउँदेनन् । चलाउन त मन हुन्छ तर उमेर ढल्कियो ८९ पुग्यो, परिवारले रोक्दछ ।   
उनले पत्रकारिता कर्मको प्रारम्भ २०१६ सालदखि गरेका हुन् । बुवा महाविरप्रसादले हिन्दी भाषामा दुई पत्रिका निकाल्थे मातृभूमी र अनुराधा । पितालाई सघाउने क्रममा सुरु गरेको पत्रकारिताको कर्म कालान्तरमा जीवनको पर्याय बन्ला भन्ने पन्नालाललाई त्यसवेला के थाहा ? तर पछि यही नै भयो । यसअर्थमा उनको पत्रकारिताको गुरु पनि उनका पिता जी नै थिए भनेर भन्न सकिन्छ । २०१८ सम्म पिताको सहयोगीका रुपमा काम गरेका पन्नालाल २०१८ देखि औपचारिकरुपमा पत्रकार बने । अब उनको मुख्य पेशा, व्यवशाय र प्रतिवद्धता सबैथोक पत्रकारिता बन्यो । पछि उनले आफैले पत्रिकाको प्रारम्भ गरे, किरण साप्ताहिक । २०३१ म दर्ता भएको किरण आजपर्यन्त प्रकाशित भइरहेको छ । उमेरका कारण उनी अहिले यसमा धेरै समय दिन सकिरहेका छैनन् । यसको दुख छ उनलाई । तर सँधै त म रहँदिन मपछि पनि किरण बाँच्नुपर्छ भन्दै उनी सन्तोष गर्न चाहन्छन् र हाल छोरा विजयको निर्देशनमा चलिरहेको किरणको रेखदेख गरिरहेका छन् । 
इमानदारीका पर्याय चाचा जीको सादा र सरल जीवन जो कोहीका लागि अनुकरणीय छ । कुर्ता पाइजामा, नेपाली टोपी र गोडामा चप्पल, आँखामाथि चश्मा । उनको देखिने स्वरुप यही हो । तर यस स्वरुपभित्र समाज, देश, लोकतन्त्र, स्वतन्त्रता, जनसमृद्धि र राष्ट्रियता आदी आदी अटेसमटेस भरिएको छ । जसको प्रकटीकरण उनको पत्रकारितामार्फत् हुन्छ । उनको यही योगदानको नेपालगञ्जले सही मूल्यांकन गरेको छ । चाचा जीको जीवन लोभलाग्दो छ । यस अभिनन्दन्ले थप लोभलाग्दो बनाउने निश्चित छ । कम्तिमा पत्रकारका लागि उनको सम्पूर्ण जीवन अनुकरणीय छ । सम्भवतः नेपालमा एउटा पत्रकारको सार्वजनिकरुपमा नागरिक अभिनन्दन भइरहेको यो पहिलो हो, अन्तिम भने नबनोस, अन्य पत्रकारलाई यसबाट उत्प्रेरणा मिलोस । तर चाहेर पनि चाचा जी भने अर्को कोही बन्न सक्ने छैन । चाचा जी शुभकामना, चाचा जी तुम जिओ हजारो साल, सालके दिन हो हजार । 


   
 

आईजी सा‘पलाई प्रश्न

विगत केहि महिना अगाडिबाट एक पछि अर्को गर्दै निकै रफ्तारमा हाम्रो समाजमा घटनाहरु घटिरहेका छन् । भक्तपुरमा ११ वर्षको बालक निशान खड्का यहि वर्ष अगष्ट

वामदेव काण्ड: प्रचण्ड सफल, ओली विफल

नेकपा नामको जहाजमा दुईजना पाइलट छन् । एकजना केपी ओली, अर्का पुष्पकमल दाहाल प्रचण्ड । ओलीले जहाज एकातिर लैजान खोज्दैछन्, प्रचण्ड विपरिततर्फ जहाज लैजान

बौद्धिकता राजनीतिः के हो बौद्धिकता ?

बौद्धिक वा बौद्धिकता भन्ने अवधारणाहरू जति पुराना हुन, तिनमा अन्तर्निहित राजनीति पनि त्यति नै पुरानो हो । समय अनुसार यो राजनीतिका स्वरूप परिवर्तन भए

वामदेवले चुनाव जिते देशले चाहिँ हार्नेछ

उपचुनावमा वामदेव गौतम हारे भने के हुन्छ ? जिते भने के हुन्छ ? १) जिते भने : वामदेवको जितलाई नेकपाको जित मानिने छैन । यो सरकारको जित पनि मानिने छैन ।