प्रदेश नं १ मा पाँच लाख पर्यटक भित्र्याउने मुख्यमन्त्रीको सपना

विराटनगर, २८ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्र्याउने सपना योजना सुनाएका छन्। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार प्रदेश राजधानी बिराटनगरमा आयोजना गरेको वायु सेवा कम्पनीहरुको सेवा प्रवाह एवं विमानस्थलका लागि भावी योजना विषयक अन्तक्र्रिया कार्यकममा मुख्यमन्त्री राईले प्रदेशमा रहेका धार्मिकस्थल र हिमाली क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गरी छिमेकी राष्ट्रबाट ठूलो संख्यामा पर्यटक आकर्षित गर्ने दावी गरेका हुन्। 

मुख्यमन्त्री राईले विराटनगर विमानस्थललाई प्रादेशिकरुपमा विस्तार गरी छिमेकी देशमा हवाई उडान गरी छिमेकी देशका पर्यटकलाई यहाँ ल्याउने लक्ष्यका साथ सरकारले कार्य गरिरहेको बताए। 

उनले प्रदेश मन्त्रिपरिषद् बैठकबाट विराटनगर विमानस्थलको रनवे तीन हजार मिटर पु¥याउने निर्णय गर्ने जानकारी दिँदै आगामी छ महिनाभित्र विमानस्थलको विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण र अन्य समस्या समाधान गर्ने योजना पनि बताए। 

अन्तक्र्रिया कार्यक्रममा यस क्षेत्रमा सञ्चालित विभिन्न वायुसेवा कम्पनीको सहभागिता रहेको थियो । 

अन्तक्रियामा विराटनगर विमानस्थलको रनवे तीन हजार मिटर पु¥याउने मास्टर प्लान निर्माण गर्ने, कञ्चनबारीदेखि विमानस्थलसम्म स्मार्ट रोड बनाउने, विराटनगरबाट माउण्टेन उडान गर्ने, लुक्लाको लागि उडान गर्ने, यस क्षेत्रवाट भारतको पटना, दिल्ली, मुम्बइ हवाई उडान सञ्चालन गर्ने, नेपाल एयरलाइन्सको उडान कम भएकाले उडान थप गर्ने, विमानस्थलमा सिआइपी रुमको निर्माण गर्ने आदि निर्णय गरिएको छ । रासस

यो चाडको फुर्सदमा म्याग्दी घुम्ने कि ?

बेनी, ३० असोज । दशैँ र तिहारको बिदा समयमा म्याग्दी भम्रण गरी रमाउने हो भने अहिले उपयुक्त समय हो । म्याग्दी उद्योग वाणिज्य सङ्घको अगुवाइमा यस वर्षलाई

एकैदिनमा ३ उडान भर्दै नेवानिले इतिहास बनायो

काठमाडौँ, २० असोज । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा सेवा विस्तारलाई तीव्रता दिएको छ । व्यावसायिक सम्भावना बोकेका गन्तव्यमा

चन्द्रागिरी हिल्स \'उत्कृष्ट गन्तब्य\' पुरस्कारले सम्मानित

   नयाँदिल्ली । चन्द्रागिरी हिल्स प्रालि भारतको राजधानी नयाँदिल्लीमा आयोजित १४ औं वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटि तथा ट्राभल अवार्ड

पर्यटकलाई आकर्षित गर्दै सुन्दर भकुण्डे

बागलुङ, १९ असोज । मौसम खुलेको दिन भकुण्डे पुग्ने जो कोहीको मन फुरुङ्ग हुन्छ । लहरै देखिने हिमशृङ्खलाले मानिसको थकान र तनाव बिर्साउँछ । बागलुङ