नेपाली पोल्ट्री उत्पादन साउदी अरबद्वारा प्रतिबन्धीत

काठमाडौं, २८ जेठ । नेपालबाट साउदी अरबमा निर्यात हुने गरेको पोल्ट्री उत्पादनमा साउदी अरब सरकारले प्रतिबन्ध लगाएको छ ।

नेपालमा बर्ड फ्लु भेटिएको लगातार खबर आइराख्दा साउदी अरबको वातावरण मन्त्रालयले नेपालबाट अण्डा, कुखुरा तथा यसको मासु जस्ता पदार्थमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको साउदी प्रेस एजेन्सीले जानकारी दिएको छ ।

साउदी अरबको वातावरण मन्त्रालय अन्तर्गतको पशुधन जोखिम मुल्यांकन विभागका महानिर्देशक डा. सनद अल–हार्बीले उक्त निर्णय भएको पुष्टी गरेका छन् । उनका अनुसार साउदीमा यो रोगको महामारी फैलन नदिने उद्देश्यले यो कदम चालिएको बताइएको छ ।

बर्डफ्लु रोग आयरल्याण्डमा १९८३ तिरै भेटिएको भएतापनि हाल यो रोग विश्वका विभिन्न मुलुकमा फैलिइ सकेको छ । यो रोग पक्षी मार्फत् मानिसमा पनि सर्ने गर्दछ ।

नेपालमा चितवन, काभ्रेस्थली र ललितपुरमा बर्डफ्लु भेटिएपछि नेपालमै पनि यो रोग विरुद्ध उच्च सतर्कता अपनाइएको जानकारी दिइएको छ ।

 

भन्सार पुनःस्थापना नहुँदा तिब्बतको व्यापार ठप्प

दार्चुला, ३ कात्तिक । हामी सरकारलाई राजस्व तिर्न तयार छौँ, तर सरकार राजस्व लिन तयार छैन्, यो भनाइ हो दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह

मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा

पर्वत, १ कात्तिक । लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन

 भन्सार छल्न खोज्ने ट्रक सामानसहित नियन्त्रणमा

बुटवल । सशस्त्र प्रहरी बल नेपाल, राजश्व भन्सार सुरक्षा नम्बर ३८ गुल्म रुपन्देहीले आज भन्सार छलेर नेपाल भित्र्याएको अवैध सामानसहित ढुवानीमा प्रयोग

केरा खेतीले यसरी किसानको ध्यान खिच्यो

भीमदत्तनगर । झण्डै अढाई दशकअघि एक कठ्ठा जमीन भाडामा लिएर केरा खेती शुरु गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१० तिल्केनीका पूर्ण साउँद अहिले जिल्लामै