सुख्खा बन्दरगाह भन्सारमा राजश्व वृद्धी

  पर्सा, २७ जेठ । रेल सेवा पुगेको नेपालको एक मात्र वीरगञ्जको सिर्सिया सुख्खा बन्दगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा एक्काइस अर्ब भन्दा बढी राजश्व संकलन गरेको छ । 

आर्थिक वर्ष २०७४/७५ को साउनदेखि वैशाखसम्मको दश महिनामा उक्त कार्यालयले रु २१ अर्ब ५९ करोड एक लाख राजश्व संकलन गर्न सफल भएको हो । 

गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा रु १७ अर्ब ७३ करोड ३४ लाख राजश्व संकलन गरेकामा चालु आर्थिक वर्षको सोही अवधिमा करिब २२ प्रतिशत राजश्व बढी संकलन भएको कार्याय प्रमुख सूर्य सेढाईंले जानकारी दिए । 

उनले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा रु तीन अर्ब ८६ करोड ६ लाख बढी राजश्व संकलन भएको बताए। भारतको कलकत्ता तथा विशाखापटन बन्दरगाहबाट नेपालका लागि मालसमान आयात बढेकाले भएकाले राजश्व पनि वृद्धी भएको हो । 

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको दश महिनामा करिब १० प्रतिशत बढी मालवस्तु आयात भएको सुख्खा भन्दरगाह सञ्चालनको जिम्मा लिएको हिमालयन ट्रमिनलसका प्रबन्धक विष्णुकान्त चौधरीले जानकारी दिए। रासस

भन्सार पुनःस्थापना नहुँदा तिब्बतको व्यापार ठप्प

दार्चुला, ३ कात्तिक । हामी सरकारलाई राजस्व तिर्न तयार छौँ, तर सरकार राजस्व लिन तयार छैन्, यो भनाइ हो दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह

मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा

पर्वत, १ कात्तिक । लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन

 भन्सार छल्न खोज्ने ट्रक सामानसहित नियन्त्रणमा

बुटवल । सशस्त्र प्रहरी बल नेपाल, राजश्व भन्सार सुरक्षा नम्बर ३८ गुल्म रुपन्देहीले आज भन्सार छलेर नेपाल भित्र्याएको अवैध सामानसहित ढुवानीमा प्रयोग

केरा खेतीले यसरी किसानको ध्यान खिच्यो

भीमदत्तनगर । झण्डै अढाई दशकअघि एक कठ्ठा जमीन भाडामा लिएर केरा खेती शुरु गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१० तिल्केनीका पूर्ण साउँद अहिले जिल्लामै