साहित्यकार दधिराज सुवेदीको नागरिक अभिनन्दन

विराटनगर, २६ जेठ ।  नेपाली साहित्य र समालोचनाको क्षेत्रमा लामो समयदेखि क्रियाशील वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीलाई आज यहाँ एक समारोहकाबीच नागरिक अभिनन्दन गरियो । 

चेतना संरक्षण साहित्य प्रतिष्ठानको संयोजनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय करिब १०० भन्दा बढी संस्थाले साहित्यकार सुवेदीलाई नागरिक अभिनन्दन गरेका छन् । विसं २००४ मा भोजपुरमा जन्मिएका सुवेदीले समालोचना क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन्। 

उनका दुई दर्जनभन्दा बढी मौलिक र सम्पादित कृति प्रकाशित छन् । उनी नेपाल–प्रज्ञा प्रतिष्ठानको दुई पटक प्राज्ञसभा सदस्य भएका थिए। संस्थाले हालसम्म ५० भन्दा बढीलाई सम्मान र पुरस्कृत गरिसकेको छ । 

उनको सम्पादनमा २०२८ सालदेखि प्रकाशित हुँदै आएको ‘बरगाछी’ पत्रिका हालसम्म निरन्तर रुपमा प्रकाशित भइरहेको छ । 

कार्यक्रमका संयोजक गंगा सुवेदीले नेपाली साहित्यमा मात्रै नभएर समाजका हरेक क्षेत्रमा विशिष्ट योगदान पु¥याएकाले उनको नागरिक अभिनन्दन गरिएको बताईन्। 

अभिनन्दन समारोहमा उनलाई भाषाशास्त्री बालकृष्ण पोखरेल, पूर्वमन्त्री एवं सांसद डा मीनेन्द्र रिजाल, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रदेश सदस्यद्वय जयराम यादव र विन्दिया कार्की लगायतले दोसल्ला, माला र टीका लगाएर अभिनन्दन गरेका थिए। 

अभिनन्दनका अवसरमा सुवेदीकै उचाई बराबरको ताम्रपत्रसमेत प्रदान गरियो । समारोहमा सुवेदीकी श्रीमती मीना सुवेदीलाई पनि अभिनन्दन गरिएको थियो । रासस

दुई वर्षपछि सरदर आयु ७३ वर्ष !

काठमाडौं, ६ कात्तिक । नेपालीको सरदर आयु २०७७ सम्म ७३ वर्ष पुगाउने लक्ष्य राखिएको छ । हाल सरदर आयु ७२ वर्ष रहेको छ । राष्ट्रिय योजना आयोगद्वारा

आमा समूहको सक्रियतामा सामुदायिक भवन निर्माण

दमौली, ६ कात्तिक । तनहुँको भानु नगरपालिका–१३ सम्जुरस्थित सुनौलो भविष्य आमा समूहको सक्रियतामा १० लाखको लागतमा भवन निर्माण गरिएको छ । नाचगान,

१० महिने बालकलाई नेपाली आमाले बचाइन रेल दुर्घटनामा

काठमाडौं । भारतको अमृतसरमा भएको रेल दुर्घटनामा एकजना नेपाली आमाले सेकेन्डभरमै १० महिने बालकलाई बचाइकी छन् । जसका कारण भारतीय मिडियामा उनको चर्चा

मह झिक्न खोज्दा ज्यान गयो

गोरखा, ५ कात्तिक । भिरमौरीको मह झिक्न खोज्दा भिरबाट लडेर एक व्यक्तिको मुत्यु भएको छ । गोरखाको बारपाक गाउँपालिका–२ बारपाकका ५९ वर्षीय जीतबहादुर