राष्ट्रकविको स्वास्थ्यमा सुधार,चाँडै स्वदेश फर्कने

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार भएको उनका छोरा इन्दिवर घिमिरेले जानकारी दिए। 

गत जेठ १९ गते मेदान्तबाट उपचार गराएर फर्किएका राष्ट्रकवि घिमिरे पुनः सोही दिनदेखि नै सानो आन्द्राबाट रक्तश्राव हुन थालेपछि गत जेठ २१ गते मेदान्तमा उपचारका लागि पुनः लगिएको हो । 

“अहिले बुबाको स्वास्थ्य अवस्था राम्रो भएको छ । सानो आन्द्राबाट रक्तश्राव हुने क्रम रोकिएको करीब चार दिनजति भयो ” छोरा इन्दीवरले भने, “पहिलेको तुलनामा धेरै सुधार भएको छ । आउँदो सोमबारसम्म चिकित्सकले अस्पतालमा राखेर हेर्ने भएका छन् ।” 

यसअघि उनलाई जेठ ९ गतेदेखि १० दिनसम्म मेदान्तमा राखेर उपचार गराइएको थियो, तर सोही दिनदेखि उहाँको पुरानो सानो आन्द्राबाट रक्तश्राव हुने समस्या पुनः बल्झिएको थियो । 

उनको अहिले मेदान्तमा उच्च हेरविचार इकाइ (हाइकेयर युनिट)मा राखेर चिकित्सक डा रणवीर सुदको टोलीले उपचार गरिरहेको छ । 

छोरा घिमिरेले छातीमा देखिएको निमोनियाको संक्रमण पनि ठीक भएको बताए। राष्ट्रकवि घिमिरे गत वैशाख २८ गतेदेखि सानो आन्द्राबाट निरन्तर रक्तश्राव भएपछि अस्वस्थ भएका थिए। शुरुमा धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराएका घिमिरेको स्वास्थ्यमा सुधार नआएपछि भारत लगिएको हो । 

राष्ट्रकवि घिमिरेको साथमा उनका कान्छा छोरा राजीव घिमिरे छन्। ९९ वर्षीय घिमिरे विगत चार महिनादेखि अस्वस्थ भएका हुन्। रासस

८ करोड शब्दको महाकाव्य आउँदै 

  चेङ्दु । विश्वमै सबैभन्दा लामो लोककाव्य मानिएको राजा गेसारको काव्यको सङ्कलन अर्को वर्ष अर्थात् सन् २०१९ प्रकाशन गरिने भएको छ ।  “इपिक अफ किङ

दिलिप कुमारलाई निमोनिया, मुम्बईमा उपचार हुँदै

मुम्बई, २५ असोज । बिरामी भएर अस्पताल भर्ना भएका ९५ वर्षीय भेट्रान अभिनेता दिलिप कुमारको स्वास्थ्यमा सुधार आइरहेको जनाएको छ । उपचारमा संलग्न

  दशैं आएछ !

 असारे चपेटालाई साउने झरीले स्याहारसुसार गरी चिटिक्क पारेर नाटकघरको पर्दा सर्लक्क खोले जसरी आँखाले हेर्दा देखिने हिमाली शीरमा हरिया पहाड

प्रधानमन्त्रीले \'गौरी\'का पंक्ति पढे, राष्ट्रकविका आँखाबाट चारपटक आँशु बगे 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेका काव्यमा विविधतामा एकता प्रतिविम्वित भएको प्रतिक्रिया दिएका   छन्