दिल्लीमा ग्राउन्डेड भयो नेपाल एयरलायन्सको जहाज

सरल संवाददाता

काठमाडौं, २४ जेठ । नेपाल एयरलायन्सको जहाज बुधबार इन्दिरा गान्धी अन्तर्राष्ट्रिय एयरपोर्टबाट फर्किने क्रममा प्राविधीक गडबडी देखिएपछि ग्राउन्डेड भएको छ । 

९एन–एकेडब्लु कल साइन भएको उक्त जहाजको बायाँपट्टीको वायुरोधक ताप प्रणालीमा समस्या देखिएपछि उडान दलले जहाज ग्राउन्डेन गर्ने निर्णय गरेका हुन् ।

प्राविधीकद्वारा उक्त समस्या समाधान भएपछि पुनः जहाज उड्ने जानकारी नेपाल एयरलायन्सले दिएको छ । 

यसरी जहाज ग्राउन्डेड गर्दा यात्रुमा परेको असुविधा प्रति विज्ञप्ती जारी गरी नेपाल एयरलायन्सले क्षमा मागेको छ । 
 

यो चाडको फुर्सदमा म्याग्दी घुम्ने कि ?

बेनी, ३० असोज । दशैँ र तिहारको बिदा समयमा म्याग्दी भम्रण गरी रमाउने हो भने अहिले उपयुक्त समय हो । म्याग्दी उद्योग वाणिज्य सङ्घको अगुवाइमा यस वर्षलाई

एकैदिनमा ३ उडान भर्दै नेवानिले इतिहास बनायो

काठमाडौँ, २० असोज । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा सेवा विस्तारलाई तीव्रता दिएको छ । व्यावसायिक सम्भावना बोकेका गन्तव्यमा

चन्द्रागिरी हिल्स \'उत्कृष्ट गन्तब्य\' पुरस्कारले सम्मानित

   नयाँदिल्ली । चन्द्रागिरी हिल्स प्रालि भारतको राजधानी नयाँदिल्लीमा आयोजित १४ औं वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटि तथा ट्राभल अवार्ड

पर्यटकलाई आकर्षित गर्दै सुन्दर भकुण्डे

बागलुङ, १९ असोज । मौसम खुलेको दिन भकुण्डे पुग्ने जो कोहीको मन फुरुङ्ग हुन्छ । लहरै देखिने हिमशृङ्खलाले मानिसको थकान र तनाव बिर्साउँछ । बागलुङ