बेइजिङस्थित भारतीय प्रदर्शनीमा नेपाली श्रीपेच

चीनको राजधानी बेइजिङको केन्द्रभागमा रहेको दरबार संग्रहालय (प्यालेस म्युजियम) ‘फोर्बिडन सिटी’ भित्र नेपालको श्रीपेचलाई भारतीय सामाग्रीका रुपमा प्रदर्शनीमा राखिएको छ । तत्कालीन राजाको मुकुट अहिले नेपाल सरकारको बहुमूल्य सम्पत्तिका रुपमा संरक्षित छ ।

नेपालको श्रीपेच बेइजिङमा प्रदर्शनीमा राखिएको भए पनि नेपाललाई भने यस बारेमा कुनै जानकारी छैन ।

‘जेम्स एण्ड जुवल्स अफ इण्डिया’ अर्थात् भारतका बहुमूल्य वस्तु तथा अनमोल गहना शीर्षकमा बेइजिङको फोर्बिडन सिटीमा गत बैशाख ४ गते सुरु भएको प्रदर्शनी आगामी असार ४ गतेसम्म रहनेछ । प्रदर्शनीको आयोजक भारतको ‘द अल थानी कलेक्सन’ र चीनको ‘द प्यालेस म्युजियम टिम’ रहेको प्रदर्शनी कक्षको बाहिर राखिएको बोर्डमा उल्लेख छ ।

 

नेपालको श्रीपेच भारतीय वस्तुको रुपमा प्रदर्शनीमा समेटिँदा गम्भीर त्रुटि भएको देखिन्छ । नेपाल सरकारको संरक्षणमा रहेको अत्यन्त महत्वपूर्ण सम्पत्ति श्रीपेचको प्रदर्शनी गर्दा त्यो सक्कली हो अथवा नक्कली हो भन्ने कुरामा चिनियाँ सरकारले वास्ता गरेको देखिँदैन भने प्रदर्शनी अगाडि नेपालसँग यस बारेमा कुनै परामर्श गरिएको छैन । श्रीपेचको मुनि ‘नेपालको श्रीपेच’ लेखेर त्यहाँ भएका बहुमूल्य बस्तुको विवरण लेखिएको छ । कान्तिपुर दैनिकबाट ।

मेलम्चीको पानी दुई महिनाभित्र सुुन्दरीजलमा

मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ ।  दैनिक २ सय ५० मिटरका दरले ढलान भइरहेको भन्दै आयोजना प्रमुख

ठूला उद्योगीले तिरेनन् ५२ करोड

मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तिर्न अटेर गर्दै आएका छन् । विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयलाई उनीहरूबाट करबापतको

नेकपाको तल्ला कमिटीको एकता दसैंपछि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय र स्थायी समिति बैठक पटक–पटक सरेपछि एकीकरणसम्बन्धी बाँकी काम दसैँपछि धकेलिएको छ । गत २४ असोजका

जब प्रचण्डले पिङ खेल्दै दशैको शुभकामना दिए

ढोलाहिटीमा पिङ खेल्दै नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले टोलबासीसँग दसैंको शुभकामना आदानप्रदान गरेका छन्। टोलबासीले बनाएको