मापदण्डविना सञ्चालित संस्थागत विद्यालयलाई कारवाही

नेपालगञ्ज १९ जेठ । बाँकेको डुडुवा गाउँपालिकामा मापदण्ड विपरीत सञ्चालित दुईसंस्थागत (निजी) विद्यालयलाई कारवाही गरिएको छ । 

वडा नं २ बेताहनीको राप्ती इंग्लिस मिडियम बोर्डिङ स्कूल नौरीगौडी र एकेडेमी इंग्लिस मिडियम बोर्डिङ स्कूलले अनुमतिविना सञ्चालन गरेको कक्षा खारेज गरिएको हो । अनुमतिविना राप्तीले कक्षा ३, ४ र ५ तथा एकेडेमीले कक्षा २, ३, ४ र ५ लाई खारेज गरी बन्द गर्ने निर्णय गरेका छन् । गाउँ शिक्षा समितिको शुक्रबार बसेको बैठकले अनुमतिविना सञ्चालित स्कूललाई कक्षा सञ्चालन बन्द गर्ने निर्णय गरेको हो । 

शुरुमा स्पष्टीकरण माग गरिएको र पछि अनुमतिविना सञ्चालन भइरहेकाले नियमन गर्न कारवाही गरिएको गाउँपालिका अध्यक्ष तथा समितिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । गाउँपालिकामा अहिले १० संस्थागत विद्यालय छन् । गाउँपालिकाअन्तर्गत सञ्चालित विद्यालयको अनुगमनका क्रममा नियम तथा मापदण्ड विपरीत सञ्चालित विद्यालयलाई नियमन गर्न शुरु गरिएको गाउँपालिका शिक्षा शाखा अधिकृत खगेन्द्र मल्लले बताए । उनले ती विद्यालयलाई एक वर्षसम्म अनुमतिसमेत नदिने निर्णय भएको बताए । 

गाउँपालिकाका सम्पूर्ण विद्यालयको शिक्षाको गुणस्तर, शैक्षिक व्यवस्थापन तथा प्रभावकारितालगायत विषयमा नियमित अनुगमन गरी कडाइका साथ अघि बढिरहेको गाउँपालिकाले जनाएकोे छ । गाउँपालिकाले शिक्षक नियमितता तथा शिक्षाको गुणस्तरीयताका लागि सामुदायिक विद्यालयमा इ–हाजिरी मेशिनसमेत जडान गरिसकेको छ । रासस
 
 

अब शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने

काठमाडौँ, १२ असोज । अब शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण लिन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले विहिबार सबै वाणिज्य बैंक तथा

ग्लोबल कन्सल्टको चौथो शाखा होबार्टमा

अष्ट्रेलिया  । ग्लोबल कन्सल्टले अष्ट्रेलियाको ताजमानियाको होबार्टमा आफ्नो नयाँ शाखा स्थापना गरेको छ ।   होबार्टका पूर्व मेयर डेमन थोमसले

 एकतिहाइ गैरकानूनी शैक्षिक परामर्शदाता महिला तस्करी गर्छन्

काठमाडौं, ३ असोज । नेपालका करिब २५ सय शैक्षिक परामर्शदाता रहेको र यसमध्ये एक तिहाइ अवैध रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ

 निजी क्षेत्रका शिक्षालय र अस्पताललाई आफ्नो बन्दोबस्त गर्न चेतावनी 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटीका सदस्य योगेशकुमार भट्टराईले अब शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ संस्था नखोलिने बताएका