भर्ना हुने उमेरका ९६ प्रतिशत विद्यार्थी भर्ना

काठमाडौँ, १६ जेठ । कक्षा १ मा भर्ना हुने उमेरमध्येका झण्डै ९६ प्रतिशत विद्यार्थी भर्ना भएका छन् ।

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये कक्षा १० सम्म टिकाउ दर ५७.१ प्रतिशत पाइएको छ । कक्षा १२ सम्मको टिकाउ दर १७.२ प्रतिशत मात्र रहेको छ ।

शैक्षिक सत्र २०७४ मा प्राथमिक तहको खुद भर्नादर ९७.२ प्रतिशत, आधारभूत तह ( कक्षा १ देखि ८) को ९२.३ प्रतिशत र माध्यमिक तह (कक्षा ९ देखि १२) को खुद भर्नादर ४३.९ प्रतिशत पुगेको छ ।

आव २०७३/०७४ मा कूल गार्हस्थ्य उत्पादनमा शिक्षा क्षेत्रको हिस्सा ७.२ प्रतिशत रहेकामा चालू आवमा यस क्षेत्रको हिस्सा ७.१७ प्रतिशत रहने अनुमान छ । चालू आवमा शिक्षा क्षेत्रको वृद्धिदर ४.८ प्रतिशत रहने अनुमान छ ।

आव २०७४/०७५ मा सरकारीस्तरबाट ३० हजार ४४८ र निजीस्तरबाट ६ हजार १२० गरी कूल ३६ हजार ५६८ र प्रारम्भिक बालविकास÷पूर्व प्राथमिक शिक्षा केन्द्रमार्फत नौ लाख ५७ हजार बालबालिका लाभान्वित भएका छन् । रासस

 

अब शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने

काठमाडौँ, १२ असोज । अब शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण लिन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले विहिबार सबै वाणिज्य बैंक तथा

ग्लोबल कन्सल्टको चौथो शाखा होबार्टमा

अष्ट्रेलिया  । ग्लोबल कन्सल्टले अष्ट्रेलियाको ताजमानियाको होबार्टमा आफ्नो नयाँ शाखा स्थापना गरेको छ ।   होबार्टका पूर्व मेयर डेमन थोमसले

 एकतिहाइ गैरकानूनी शैक्षिक परामर्शदाता महिला तस्करी गर्छन्

काठमाडौं, ३ असोज । नेपालका करिब २५ सय शैक्षिक परामर्शदाता रहेको र यसमध्ये एक तिहाइ अवैध रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ

 निजी क्षेत्रका शिक्षालय र अस्पताललाई आफ्नो बन्दोबस्त गर्न चेतावनी 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटीका सदस्य योगेशकुमार भट्टराईले अब शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ संस्था नखोलिने बताएका