मदिरा घुट्क्याउन विद्यार्थी सहित नेपाल आए बिहारी शिक्षक

सरल संवाददाता

काठमाडौं, १४ जेठ । बिहारको कटिहार स्कुलको शिक्षकहरुले शैक्षिक भ्रमणमा लाने बहानामा विद्यार्थीहरुलाई बिराटनगर ल्याइ टन्न रक्सी खाएपछि हंगामा मच्चेको छ ।

भागलपुर लिएर जानु पर्ने भएपनि रक्सी खाने उद्देश्यले विद्यार्थीहरु सहितको गाडिलाई नेपालतिर जान शिक्षकहरुले आग्रह गरेका थिए ।

बिहारमा मदिरा प्रतिबन्धीत छ र बिहारीहरु नेपालमा विभिन्न बहाना मदिरा सेवन गर्न आउने गरेका छन् । यस्तोमा शिक्षकले लैजाने भनेको स्थान नलगि बिराटनगर ल्याइ आफुले टन्न मदिरा खाइ बसमा बान्ता गर्दै गएपछि विद्यार्थीहरुले आफ्ना अभिभावकहरुलाई घटनाको जानकारी दिएका थिए ।  

२७ जना छात्रा र १३ जना छात्र लिएर गएको शिक्षकको यस्तो हर्कतको भोलिपल्ट अभिभावकहरुले स्कुलमा गइ नाराबाजी गरेको थिए ।  
विद्यार्थीहरुका अनुसार शिक्षक राधेश्याम सिंह तथा तोला सेवकहरु नुर आलम, अमित कुमार रजक, विकास कुमार रजक र अशोक रजकले विद्यार्थीहरुलाई बस भित्रै बस्न आग्रह गरेर पुनः जोगबनीमा घण्टौं हराएका थिए ।

यसरी हराएर फर्कि आउँदा उनिहरुले भुइँमा खुट्टा टेक्न सक्ने अवस्था थिएन । उनिहरुले बसमा बान्ता गरेपछि विद्यार्थीहरु र एक महिला कुकले सफा गर्नु परेको थियो ।

यस्तो गैर जिम्मेवार काम गर्ने शिक्षकहरुलाई कारबाही गरिने जिल्ला शिक्षा अधिकारी दिनेश चन्द्रदियोले बताएका छन् ।

नाना पाटेकर र साजिद खानले छोडे ‘हाउसफुल-४’

मुम्बई । यौन दुर्व्यवहारको आरोप लागेपछि निर्देशक साजिद खान र अभिनेता नाना पाटेकरले ‘हाउसफुल-४’ छोडेका छन् । भारतमा चलिरहेको ‘मी टू’ अभियानले

प्रियंका चोपडाको बिहे अर्को महीना

मुम्बई । अभिनेत्री प्रियंका चोपडाले बिहेको तयारी शुरु गरेकी छन् । अर्को महीना अर्थात नोभेम्बरमा हुन लागेको जनाएको छ । प्रियंकाले दुई महीना अघि निक

अक्षय कुमारले रोके \'हाउसफुल-४\' को सुटिङ

मुंबई, २६ असोज । विदेशबाट फर्के लगत्तै अक्षय कुमारले 'हाउसफुल-४' को सुटिङ रोकेका छन् । फिल्म निर्माता साजिद कपुरलाई यौन दुव्र्यवहारको आरोप लागेपछि

अमिताभ बच्चन ७६ वर्षमा प्रवेश

मुंबई, २५ असोज । बलिउडका महानायक अमिताभ बच्चन आज ७६ वर्षमा प्रवेश गरेका छन् । अजा उनी जन्मदिन मनाइरहेका छन् ।\\ ७५ वर्ष अघि आजकै दिन अर्थात ११ अक्टुबरमा