नेपालीको लागि टिपिएसमा पुनः दर्ता खुला, सबैले पाउँछन् भन्ने छैन

काठमाडौं, १० जेठ । हाल टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) सुविधा पाइरहेका नेपालीहरुले यो सुविधाको निरन्तरताको लागि मे महिनाको २२ तारिख देखि जुलाई २३ सम्म पुनः दर्ता गर्न अमेरिकाको यूएस सिटिजन्सीप एण्ड इमिग्रेसन सर्भिसले मंगलबार आव्हान गरेको छ । हाल यो सुविधा पाउनेहरुको म्याद सन् २०१९ जुन महिनाको २४ तारिख सम्ममात्र छ ।

यसरी पुनः दर्ता गर्नेले निवेदकले टिपिएसको लागि आई–८२१ फर्म भरेर बुझाउनु पर्ने जानकारी दिइएको छ । त्यस्तैगरी आई–७६५ फर्ममा इम्प्लोइमेन्ट एप्लीकेसन डकुमेन्ट समेत बुझाउनु पर्नेछ ।

यसरी पुनः दर्ता गर्ने सबैले टिपिएस सुविधा पाउँछ भन्ने पक्का हुँदैन तर योग्यता पुगेका र वैध रुपमा बसेकाहरुले यो सुविधा पाउने जानकारी दिइएको छ । यद्यपी टिपिएस सुविधाको म्याद नथप्ने निर्णय गरेपनि नेपालीहरुको इम्प्लोइमेन्ट एप्लीकेसन डकुमेन्टको म्याद चाहिं स्वतः १८० दिनले बढाइएको छ । अब यसको म्याद डिसेम्बर २१, २०१८ सम्म रहने छ ।

गत महिना अमेरिकाको होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी क्रिष्टीयान निल्सनले नेपालीले पाउँदै आएको टिपिएस सुविधाको म्याद नथप्ने निर्णय गरेकी थिइन । तत्पश्चात उनले परिवर्तीत अवस्था व्यवस्थीत गर्नको लागि समय दिन टिपिएसको म्यादलाई १२ महिनापछि मात्र सकिने बनाएकी थिइन् । अब नेपालीले पाएको टिपिएस सुविधा सन् २०१९ को जुन २४ मा सकिनेछ ।   

नेपालमा गएको विनाशकारी भुकम्पपछि अमेरिकाले नेपालीहरुको लागि टिपिएस सुविधा प्रदान गरेको थियो । हाल करिब ९ हजार नेपालीहरुले यो सुविधा पाइरहेका छन् ।

 

 

५३ डब्बासहितको रेल जनकपुर आइपुग्यो

धनुषा, ५ कात्तिक । भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहितको रेल दोस्रो पटक आइतबार जनकपुर आइपुगेको छ ।  रेल तथा मेट्रो विकास

पत्रकार  हुमागाईंको  निधन

काठमाडौँ, ५ कात्तिक ।  ‘नेपालभूमि’ साप्ताहिकका संस्थापक सम्पादक तथा साहित्यकार रामचन्द्र हुमागाईंको ६५ वर्षको उमेरमा आइतबार निधन भएको छ

मुर्ति सेलाउने विवादले कृष्णनगरमा अनिश्चितकालीन कफ्र्यु

कपिलवस्तु, ५ कात्तिक । दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले आइतबार साँझबाट

कर्णालीको सिमकोट गाउँपालिकामा मोबाइल एप्स

हुम्ला, ४ कात्तिक । कर्णाली प्रदेशको सिमकोट गाउँपालिकाले मोबाइल एप्स आजदेखि सञ्चालनमा ल्याएको छ । सिमकोट गाउँपालिकामार्फत सञ्चालन गरिँदै आएका हरेक