पूर्व माओवादी मन्त्रीको गुनासोः म माथि अन्याय भयो

सरल संवाददाता

पाँचथर, ९ जेठ । पूर्व नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री श्रीप्रसाद जबेगुले आफूमाथि ठूलो अन्याय र अपमान भएको बताएका छन् ।

एमाले–माओवादी केन्द्र एकताको क्रममा आफूभन्दा जुनियर नेतालाई केन्द्रीय सदस्य बनाएर आफूलाई पाखा लगाएको भन्दै जबेगुले सामाजिक सञ्जाल फेसबुक मार्फत असन्तुष्टि पोखेका हुन् ।

राजनीतिमा वरियताक्रमले महत्वपूर्ण अर्थ बोक्ने उल्लेख गर्दै जबेगुले फेसबुकमा लेखेका छन्– ‘सुदूरपूर्वको शन्दर्भमा संकटकालकै बेला त्यो वरिष्ठताको चुच्चे टोपि पार्टीले नै मलाई लगाइदियो । मैंले सम्झें जुन दिन सम्म पार्टी नीति, विधान र अनुशासनको उलङ्घन गर्दिन त्यो दिन सम्म म सँग भएको चुच्चे टोपीले काम गर्नेछ । तर विडम्बना ! पार्टी एकताको यो महान अवशरमा मलाई दिइएको चुच्चे टोपीलाई धोती बनाउँने काम भएको छ ।’ जबेगुले आफूलाई जिम्मेवारबीहिन बनाएर विश्रामको अवशर दिएको भन्दै पूर्व माओवादी केन्द्रलाई धन्यवाद समेत दिएका छन् ।

लामो समय माओवादी सम्बद्ध लिम्बुवान मुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष रहेका जबेगु दोस्रो पल्ट प्रचण्ड प्रधानमन्त्री हुँदा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री र पशुपंक्षि विकास मन्त्री बनेका थिए । पूर्व माओवादी केन्द्रमा जबेगु स्पष्ट तथा प्रखरवक्ताको रुपमा चिनिन्थे । राज्य मन्त्री हुँदा मन्त्रालयमा अधिकृत, उपसचिव र सहसचिवको सरुवा बिषयमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड परिवारका सदस्यको दबाब बिरुद्ध खरो उत्रिएर जबेगु चर्चामा आएका थिए ।

 

नेकपा सचिवालय बैठकमा बामदेव प्रकरणबारे बहस, मानन्धरको राजिनामा अस्वीकृत

काठमाडौ, कात्तिक ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकमा नेताहरूका बीचमा भएका विवाद र असहमतिका विषयमा छलफल भएको छ । सचिवालय

नेकपा सचिवालय बैठक शुरु

काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ । नेकपा सचिवालय बैठक दशैं अघि बसेको

‘देश तनावमा छ जनाव’

पलाञ्चोक भगवतिको दर्शन गर्दा रातो पहिरनमा सजिएकी राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो अर्कै रंगको पहिरनमा भद्रकाली दर्शन गर्न पुगेकी थिईन् ।

चक्रलाई दुईपटक प्रधानमन्त्री बन्ने अवसर आउँदा रोक्ने को हो ?

माओवादीले थालेको हिंसात्मक जनयुध्दको असरले नेपालमा धेरै ठूलो परिमाणमा जनधनको क्षति हुन थालेपछि उहाँले त्यसलाई रोक्न पहल गर्नुभएको थियो । नेता