पार्टी एकताले सुशासन र समृद्धिको आधार बलियोः प्रधानमन्त्री

काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी बीचको एकताले मुलुकको स्थिरता, शान्ति, सुशासन र समृद्धिका लागि बलियो आधार तय गरेको बताएका छन् ।

विश्व प्रजातान्त्रिक युवा महासंघको साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्रीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक बनाउन आगामी पाँच वर्षभित्र त्यसको बलियो आधार तयार गरिने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम त्यही दिशातर्फ उन्मुख भएको पनि जनाएका छन् ।

प्रधानमन्त्री ओली भन्छन्, “हामीले साझा घोषणापत्रका साथ निर्वाचनमा भाग लिएर बहुमत हासिल गरेका छौँ र जनताको शान्ति, समृद्धि र स्थिरताको चाहना पूरा गर्न पार्टी एकताको महत्वपूर्ण कार्यभार पूरा गरेका छौँ, यो विश्वका अन्य मुलुकका लागि पनि सकारात्मक सन्देश हो ।”

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको स्वतन्त्र परराष्ट्र नीतिका आधारमा विश्वका अन्य र छिमेकी मुलुकसँगको सम्बन्ध विकास गरी समृद्धिको यात्रा पूरा गरिने बताएका छन् । युवा संघ नेपालको संयोजन र महासंघका अध्यक्ष निकोलस पापाडिमिट्रयुको अध्यक्षतामा जारी सम्मेलनमा विश्वका विभिन्न मुलुकका प्रतिनिधि सहभागी छन् । रासस

 

नेकपा सचिवालय बैठकमा बामदेव प्रकरणबारे बहस, मानन्धरको राजिनामा अस्वीकृत

काठमाडौ, कात्तिक ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकमा नेताहरूका बीचमा भएका विवाद र असहमतिका विषयमा छलफल भएको छ । सचिवालय

नेकपा सचिवालय बैठक शुरु

काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ । नेकपा सचिवालय बैठक दशैं अघि बसेको

‘देश तनावमा छ जनाव’

पलाञ्चोक भगवतिको दर्शन गर्दा रातो पहिरनमा सजिएकी राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो अर्कै रंगको पहिरनमा भद्रकाली दर्शन गर्न पुगेकी थिईन् ।

चक्रलाई दुईपटक प्रधानमन्त्री बन्ने अवसर आउँदा रोक्ने को हो ?

माओवादीले थालेको हिंसात्मक जनयुध्दको असरले नेपालमा धेरै ठूलो परिमाणमा जनधनको क्षति हुन थालेपछि उहाँले त्यसलाई रोक्न पहल गर्नुभएको थियो । नेता