पाँचथर उद्योग वाणिज्य संघमा नेपाल विजयी

सरल संवाददाता
पाँचथर, ९ जेठ । पाँचथर उद्योग वाणिज्य संघको ११ औं अधिवेशनबाट दीपक नेपाल अध्यक्षमा निर्बाचित बनेका छन् ।

बुधबार सार्बजनिक गरिएको मत परिणाम अनुसार नेपाली काँग्रेस र लिम्बुवान निकट ब्यवसायिहरुको लोकतान्त्रिक गठबन्धनको तर्फबाट अध्यक्ष पदको उम्मेद्वार बनेका नेपालले ८५० मत ल्याएर विजय प्राप्त गरेका हुन् ।

उनका निकटतम प्रतिद्धन्दि नेकपा, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट व्यवसायीहरुको संयुक्त गठबन्धनका उम्मेद्वार तुल्सीदास श्रेष्ठले ७१७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा संयुक्त प्यानलका यामनाथ काफ्ले (७१४ मत), प्रयागराज सुवेदी (६५१ मत), लोकतान्त्रिक प्यानलका राजु न्यौपाने (६३८ मत), तिलबिक्रम नेम्बाङ (६५६ मत) ल्याई विजयी भएका छन् ।

त्यस्तैगरी महासचिवमा संयुक्त गठबन्धनका नवराज घिमिरे ७७७ मत प्राप्त गरेर विजयी बनेका छन् भने सचिवमा ६७७  मत ल्याएर लोकतान्त्रिक गठबन्धनका कमल बाँस्कोटा विजयी बनेका छन् । कोषाध्यक्षमा पनि लोकतान्त्रिक गठबन्धनकै बिमला हाङसरुम्बा श्रेष्ठ ६८५ मतकासाथ विजयी बनेका छन् ।

त्यस्तै सदस्यहरुमा संयुक्त गठबन्धनका मिलन गिरी, शान्ति थेवे, सूर्य मगर, भीम केरुङ, केशव खनाल, लोकतान्त्रिक गठबन्धनबाट दिलीप अधिकारी, सुवाश कान्दु, चन्द्र प्रसाद डाँगी, बिकेन्द्र वाइबा तामाङ, नरेन्द्र राई र बिकास थापा निर्बाचित भएका छन् । महिला सदस्यमा संयुक्त गठबन्धनका कुमारी मिश्र निर्बाचित भएकी छन् ।

शनिबारदेखि सुरु भएको अधिवेशनमा सोमबार मतदान भएको थियो । कूल एक हजार ८३६ मतदातामा एक हजार ६२६ ले मतदान गरेको निर्बाचन अधिकृत रामप्रकाश समथिङले बताए ।

 

भन्सार पुनःस्थापना नहुँदा तिब्बतको व्यापार ठप्प

दार्चुला, ३ कात्तिक । हामी सरकारलाई राजस्व तिर्न तयार छौँ, तर सरकार राजस्व लिन तयार छैन्, यो भनाइ हो दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह

मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा

पर्वत, १ कात्तिक । लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन

 भन्सार छल्न खोज्ने ट्रक सामानसहित नियन्त्रणमा

बुटवल । सशस्त्र प्रहरी बल नेपाल, राजश्व भन्सार सुरक्षा नम्बर ३८ गुल्म रुपन्देहीले आज भन्सार छलेर नेपाल भित्र्याएको अवैध सामानसहित ढुवानीमा प्रयोग

केरा खेतीले यसरी किसानको ध्यान खिच्यो

भीमदत्तनगर । झण्डै अढाई दशकअघि एक कठ्ठा जमीन भाडामा लिएर केरा खेती शुरु गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१० तिल्केनीका पूर्ण साउँद अहिले जिल्लामै