नेपाली सेनाले फ्रान्सेली हेलिकप्टर किन्ने पक्का


काठमाडौं, ९ जेठ । नेपाली सेनाले एयरबस हेलिकप्टरले उत्पादन गरेको ‘इक्युरुअल हेलिकप्टर’ खरिद गर्ने प्रक्रिया अघि बढाएको छ ।

नेपाली सेनाका प्रतिनिधी र एयरबस हेलिकप्टरका प्रतिनिधीहरुले ६ सिटे ‘लाइट’ हेलिकप्टर खरिद गर्ने समझदारीपत्रमा हस्तारक्षर गरेको जनाइएको छ । उक्त हेलिकप्टर अर्को महिना भित्र खरिद गर्ने समझदारी पनि भएको जानकारी प्राप्त भएको छ ।

पछिल्लो २ वर्ष देखि ३ वटा जहाज, एउटा मिडियम र दुईवटा लाइट साइजको हेलिकप्टर किन्ने प्रक्रियामा रहेपनि विभिन्न कारणले सेनाले हेलिकप्टर खरिद कार्यलाई अन्तिम रुप दिन सकिरहेको छैन । यद्यपी नेपाली सेनाले अहिले एउटा मात्र लाइट साइजको हेलिकप्टर मात्र किन्न लागेको हो ।

यसअघि रसियाबाट एमआई१७, भी फाइभ हेलिकप्टर ल्याउन खोजिएको भएपनि रसियामा अमेरिकाको नाकाबन्दीको कारण डलरमा भुक्तानी गर्न सम्भव नभएपछि नेपाली सेना अन्य विकल्प खोज्न बाध्य भएको थियो ।

सेनाको हेलिकप्टर खरिद गर्ने निर्णयलाई १६ असार, २०७३ मा बसेको मन्त्री परिषद्को बैठकले स्वीकृत गरेको थियो । स्वीकृत गर्ने क्रममा हेलिकप्टर खरिद प्रक्रिया अनुरुप गर्न निर्देश पनि गरेको थियो ।

सेनाले मिडियम साइजको हेलिकप्टरको लागि इटालियन कम्पनी अगस्तासँग पनि सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको छ भने अर्को लाइट साइजको हेलिकप्टरको लागि अमेरिकी कम्पनी बेल हेलिकप्टरसँग खरिद प्रक्रिया अगाडि बढाएको छ ।

हेलिकप्टर खरिद प्रक्रियामा मन्त्रीपरिषद्को निर्देशनको अवज्ञा भएको भन्दै महालेखा नियन्त्रकको कार्यालयले पनि सेनाको हेलिकप्टर प्रक्रियामा प्रश्न उठाएको थियो ।

 

५३ डब्बासहितको रेल जनकपुर आइपुग्यो

धनुषा, ५ कात्तिक । भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहितको रेल दोस्रो पटक आइतबार जनकपुर आइपुगेको छ ।  रेल तथा मेट्रो विकास

पत्रकार  हुमागाईंको  निधन

काठमाडौँ, ५ कात्तिक ।  ‘नेपालभूमि’ साप्ताहिकका संस्थापक सम्पादक तथा साहित्यकार रामचन्द्र हुमागाईंको ६५ वर्षको उमेरमा आइतबार निधन भएको छ

मुर्ति सेलाउने विवादले कृष्णनगरमा अनिश्चितकालीन कफ्र्यु

कपिलवस्तु, ५ कात्तिक । दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले आइतबार साँझबाट

कर्णालीको सिमकोट गाउँपालिकामा मोबाइल एप्स

हुम्ला, ४ कात्तिक । कर्णाली प्रदेशको सिमकोट गाउँपालिकाले मोबाइल एप्स आजदेखि सञ्चालनमा ल्याएको छ । सिमकोट गाउँपालिकामार्फत सञ्चालन गरिँदै आएका हरेक