संगठित सुन तस्करी: पर्दापछाडि को–को ?

संगठित सुन तस्करीका मुख्य अभियुक्तका रूपमा प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका ‘गोरे’ भनिने चूडामणि उप्रेती पक्राउ परेका छन् । उनी काठमाडौंको गौरीघाटस्थित आफ्नै घरनजिकबाट मंगलबार बिहान साढे पाँच बजेतिर पक्राउ परेका हुन् ।

गृह मन्त्रालयका सहसचिव ईश्वरीराज पौडेलको नेतृत्वमा गठित विशेष अनुसन्धान समितिले दिउँसो पत्रकार सम्मेलन आयोजना गरी उनलाई सार्वजनिक गरेको हो ।

पक्राउपछि गोरेले आफूले सुन व्यवस्थापन मात्रै गरेको र तस्करीमा आफूभन्दा माथि धेरै जना रहेको खुलाएको स्रोतले बतायो । सुन तस्करीमा प्रहरीसँग सहयोग लिएको र त्यसबापत आफूले रकम दिने गरेको पनि उनले पुष्टि गरेका छन् ।


पक्राउपछि गोरेले अनौठो व्यवहार देखाएको समितिका एक सदस्यले बताए । ‘एकैछिनमा रुने, गम्भीर हुने र मरौंमरौं लागेको बताउने गरेका छन्,’ ती सदस्यले भने, ‘प्रहरीसमक्ष मलाई बचाइदिनुस् भन्दै रोए ।’ प्रारम्भिक बयानमा गोरेले समातिएकाहरू सबै सुन तस्करीमा संलग्न रहेको स्वीकारे पनि माथिल्लो तहबारे खुलाएका छैनन् । ‘उनका कुरा गोलमटोल र अस्वाभाविक देखिन्छ,’ ती सदस्यले भने, ‘कुरा लुकाउन खोजेजस्तो पनि देखिन्छ ।’  कान्तिपुर दैनिकबाट ।

मेलम्चीको पानी दुई महिनाभित्र सुुन्दरीजलमा

मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ ।  दैनिक २ सय ५० मिटरका दरले ढलान भइरहेको भन्दै आयोजना प्रमुख

ठूला उद्योगीले तिरेनन् ५२ करोड

मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तिर्न अटेर गर्दै आएका छन् । विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयलाई उनीहरूबाट करबापतको

नेकपाको तल्ला कमिटीको एकता दसैंपछि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय र स्थायी समिति बैठक पटक–पटक सरेपछि एकीकरणसम्बन्धी बाँकी काम दसैँपछि धकेलिएको छ । गत २४ असोजका

जब प्रचण्डले पिङ खेल्दै दशैको शुभकामना दिए

ढोलाहिटीमा पिङ खेल्दै नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले टोलबासीसँग दसैंको शुभकामना आदानप्रदान गरेका छन्। टोलबासीले बनाएको