सुन तश्करीमा नेताहरु समेत तानिने,गोरेको सूचनाबाट छानविन समिति चकित

काठमाडौं । सुन तस्करीका ‘नाइके’ चूडामणि उप्रेती ‘गोरे’को पक्राउसँगै यस काण्डमा केही नेताहरुसमेत तानिन सक्ने सम्भावना रहेको थाहा भएको छ। सुन तस्करीमा लगानी गर्ने र संरक्षण गर्ने राजनीतिक समूहमाथि पनि छानबिन समितिले अनुसन्धान अघि बढाउने भएको समाचार सूत्रले बताएको छ।

यसैगरी छानबिन समितिसँग गोरेले सेटिङ मिलाएरै आफूले सुन तस्करी गरेको स्वीकार गरेका छन्। उनले अदालतमा बयान दिईसकेपछि राजनीतिक दलका केही संलग्न नेता र प्रहरी अधिकारी समेतको नाम सार्बजनिक हुने सूत्रले बताएको छ। गोरे प्रहरी अधिकारीहरुलाई आफूले पैसा दिएको बयान दिएमा हाल हिरासतमा रहेका प्रहरी अधिकारी जेल जाने छन्।

गोरेको गिरफ्तारीपछि उत्साहित बनेको छानबिन समितिले अनुसन्धानले नयाँ मोड लिएको  र यसको सबै पक्ष चाँडै पटाक्षेप हुने विश्वास लिएको एक सदस्यले बताएका छन्। उनले गोरे पक्राउपछि आफूहरुको अनुसन्धानलाई थप बलियो बनाएको र थप रहस्यहरु खुल्ने बताए।

गोरेले छानबिन समितिसँगको बयानमा आफूले विमानस्थलमा प्रहरी र एयरलाइन्सका कर्मचारीसँग सेटिङ मिलाएर सुन ल्याउने गरेको स्वीकारेका हुन्। तर, आफू मुख्य तस्कर नभई मुख्य व्यवस्थापक भएको बताएका छन्। स्रोतका अनुसार गोरेले लगानी गर्ने व्यापारीहरु तथा सहयोग गर्ने प्रहरीहरुको पनि नाम लिएका छन्।

मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा छानबिन समितिका सहसचिव ईश्वरराज पौडेलले गोरे पक्राउ परेपछि थप तथ्यहरु खुलेको र त्यससँगै अनुसन्धानले थप गति लिने बताए।

गोरेले प्रहरी र विमानस्थलका कर्मचारीलाई पैसा दिएको स्वीकारेका छन्। उनले आफूलाई सहयोग गर्ने थप प्रहरीको समेत पहिचान खुलाएको स्रोत बताउँछ।

यसअघि डायरीमा लेखेर पैसा बाँडिएका प्रहरीलाई मात्र छानबिन समितिले डाकेर बयान लिएको थियो। उनीसँग धेरै प्रहरी अधिकारीहरुको फोन सम्पर्क देखिएकाले अब उनीहरुतर्फ पनि अनुसन्धान अघि बढ्ने स्रोत बताउँछ।

शनम शाक्य हत्या प्रकरणसँगै खुलेको ३८ सय केजी सुन तस्करीका मुख्य नाइके मानिएका गोरेलाई आज प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनलाई सार्वजनिक गरिएको थियो। गोरेलाई सार्वजनिक गरेलगत्तै मोरङ जिल्ला अदालतमा पेश गर्न पठाइएको छ।

गोरेलाई आज बिहान साढे ५ बजे काठमाडौंको गौरीघाटबाट पक्राउ गरिएको छानबिन समितिका पौडेललेले जानकारी दिए। यसअघि प्रहरी स्रोतले गोरेलाई भारतबाट पक्राउ गरेर ल्याइएको जनाएको थियो।
 

नेकपा सचिवालय बैठकमा बामदेव प्रकरणबारे बहस, मानन्धरको राजिनामा अस्वीकृत

काठमाडौ, कात्तिक ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकमा नेताहरूका बीचमा भएका विवाद र असहमतिका विषयमा छलफल भएको छ । सचिवालय

नेकपा सचिवालय बैठक शुरु

काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ । नेकपा सचिवालय बैठक दशैं अघि बसेको

‘देश तनावमा छ जनाव’

पलाञ्चोक भगवतिको दर्शन गर्दा रातो पहिरनमा सजिएकी राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो अर्कै रंगको पहिरनमा भद्रकाली दर्शन गर्न पुगेकी थिईन् ।

चक्रलाई दुईपटक प्रधानमन्त्री बन्ने अवसर आउँदा रोक्ने को हो ?

माओवादीले थालेको हिंसात्मक जनयुध्दको असरले नेपालमा धेरै ठूलो परिमाणमा जनधनको क्षति हुन थालेपछि उहाँले त्यसलाई रोक्न पहल गर्नुभएको थियो । नेता