झलनाथले भने, ‘ममाथि अन्याय भयो’

नेकपाको ‘हाइकमान्ड’ बैठकमा वरिष्ठ नेता झलनाथ खनालले आफूमाथि वरीयताक्रममा अन्याय भएको भन्दै सच्याउन ध्यानाकर्षण गराएका छन् । ‘मैले ममाथि वरीयताक्रममा भएको अन्यायबारे खुलेर कुरा राखेको छु,’ खनालले भने, ‘अहिलेको वरीयताक्रम मान्य छैन, त्यसैले पुनर्विचार गरेर सच्याइनुपर्ने ध्यानाकर्षण गराएको छु ।’

खनालको ध्यानाकर्षणपछि अध्यक्षद्वय ओली र प्रचण्डले अर्को बैठकमा त्यसबारे छलफल हुने बताएका थिए । एकीकृत पार्टीको अध्यक्षद्वयपछि दोस्रो वरीयतामा पूर्वप्रधानमन्त्री माधव नेपाललाई राखेकोमा खनालको असन्तुष्टि छ । नयाँ पत्रिकाबाट ।

सन्दर्भ तेस्रो निर्वाचन दिवस: प्रदेश र स्थानीय तहको उपनिर्वाचन हुँदै

काठमाडौंँ, फागुन ५ गते । प्रदेश सभा सदस्यद्वय हरिशरण लामिछाने र टेकबहादुर घर्तीको निधनपछि प्रदेशसभामा दुई स्थान रिक्त छन् । प्रदेश ३ का भक्तपुरका

हिउँदे झरी अझै लम्बिने

काठमाडौं । भू–मध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ । आज आइतबार मौसममा केही सुधार भएर धेरै भेगमा घाम लागे पनि

७१ वर्षमा घरबार, ७२ वर्षसम्म उद्यम

  नरेन्द्र केसी- घोराही, दाङ  । उमेर ७२ तर मुस्कानमा जवानीकै झल्को । हिमालको हिउँजस्तै टन्न मिलेका दाँत, हाँसिरहने बानी । बिहानदेखि साँझसम्म

यो वर्ष पनि पाठ्यपुस्तक अभाव हुने संकेत

काठमाडौं । मुलुकभरका विद्यार्थीले यस वर्ष पनि समयमै पाठ्यपुस्तक नपाउने प्रायः निश्चित भएको छ । पाठ्यपुस्तक छपाइको काम समयमा पूरा हुन नसक्दा