समयमै सडक नबनाउने ठेकेदारलाई जेल हाल्न गृहमन्त्रीको निर्देशन 

काठमाडौँ, ३ जेठ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले सडक र ट्राफिक व्यवस्थापनका विषयमा यसअघि गरीएका निर्णयहरुलाई कार्यान्वयन गर्न निर्देशन दिएका छन् । 
बुधबार गृह मन्त्रालयमा गृह सचिव, बिभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधि, नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौँ, ललितपुर महानगरपालिका मेयर, काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख   सहितको बैठकमा गृहमन्त्री थापाले यसअघि यसै विषयमा केन्द्रीत रहेर भएका निर्णयहरुको कार्यान्वयन फितलो देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
बैठकमा गृहमन्त्रीले अर्को बैठकमा आउँदा यसअघि भएका निर्णयहरु कुनकुन कार्यान्वयन भए त्यसको विवरण सहित आउन निर्देशन दिए । 
गृहमन्त्री थापाले सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका कामहरु पनि कमसल हुनेजस्ता कार्यमा संलग्न ठेकेदारहरुको सूचि बनाउन निर्देशन दिए ।
उनले भने, ‘‘त्यस्ता ठेकेदारहरुको सूचि बनाएर सच्चिन अल्मिेटम दिनुहोस, अल्टिमेटम दिएको समयभित्र पनि सच्चिएनन् भने जेल हाल्नुहोस् । ’’
गृहमन्त्रालय सम्हाले लगत्तै सडक दुर्घटना र ट्राफिक जाम न्युनिकरण तथा धुलो, धुँवा हटाउने  विषयलाई प्राथमिकता दिँदै गृहमन्त्री थापाले गत फाुगन २९ गते, चैत १ गते र चैत ४ गते यातायात तथा ट्राफिक व्यवस्थापनका विषयमा केन्द्रीत रहेर बैठक डाकेका थिए । 
 

 सेनाले सडक जोड्यो,हर्षित जनताले फूलमाला 

जाजरकोट । जाजरकोट–डोल्पा सडक खण्डको त्रिपुराकोट नगरपालिका–९ धाउनीको अन्तिममा भीर काटेपछि दुनैसम्म सडकको ट्र्याक खुला भएको छ

फाष्ट ट्रयाक डिपिआरको  जिम्मा कोरियन कम्पनी सुसुङलाई

काठमाडौँ, १७ असोज । काठमार्डाै–तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) निर्माणको जिम्मा पाएको नेपाली सेनाले आयोजनाको को विस्तृत परियोजना प्रतिवेदन

दुई जिल्ला जोड्ने नेपालकै लामो पुल बन्दै

पर्वत, १४ असोज । अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने गरी फेरि अर्को नेपालकै लामो र अग्लो पुल बन्ने भएको छ ।  पर्वतको

 तीन हजार ५०० मेगावाटका आयोजना बन्ने

काठमाडौं । सरकारले हरेक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ तीन हजार ५०० मेगावाट क्षमताका जलविद्युत् आयोजना